Headlines News :

Latest Post

Showing posts with label national. Show all posts
Showing posts with label national. Show all posts

नेपाल प्रहरीका सईमाथि चोरीको आरोप

Written By Unknown on Friday, 26 December 2014 | 21:05

 बुटबल:ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक(सई) किरणबहादुर रानामगरमाथि चोरी गरेको आरोप लागेको छ। सई रानामगरमाथि उनकै सहकर्मी असई छायाँ पोखरेलले बुटवल -५ स्थित एक घरमा चोरी गरेको आरोप लगाएकी हुन्।

इलाका प्रहरी कार्यालय बुटबलका डिएसपी दिलिप घिमिरेले घटना सार्वजनिक भएपछि दुवै जना प्रहरी अधिकृतमाथि छानविन थालेको बताएका छन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

हिन्दूराष्ट्रको माग राख्दै राप्रपा नेपालले थाल्यो मेची–महाकाली रथयात्रा (भिडियो) -

Written By Unknown on Wednesday, 24 December 2014 | 16:24

झापा, पौष ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राखेर मेची–महाकाली रथयात्रा सुरु गरेको छ ।

झापाको मेचीनदीमा बुधबार (आज) धार्मिक अनुष्ठानपछि राप्रपा नेपालले रथयात्रा सुरु गरेको हो । रथयात्राका क्रममा आज झापाको विर्तामोडमा सभा आयोजना गरिएको छ ।

रथयात्रामा एकसय आठ बटुक, एकसय आठ त्रिशुल, एकसय आठ प्रतिकात्मक गाईलाई सहभागी गराइएको छ । १० दिनसम्म चल्ने रथयात्रामा स्थायी रुपमा एकहजार ८ जनाको सहभागिता रहनेछ ।

एकहजार नौ सय २९ किलोमिटरको रथयात्राले तराईका २२ सहित ३० जिल्लालाई छुनेछ । ती स्थानमा एकसय ८ ओटा जनसभा गरिने छ । ‘मेची–महाकाली श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना संकल्प रथयात्रा’ नाम दिइएको रथयात्रा पशुपतिनाथमा पुगेर समापन हुनेछ ।

आगामी माघ ८ भित्रै नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग राखेर रथयात्रा आयोजना गरिएको राप्रपा नेपालले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

विदेशी जागिरको नक्कली विज्ञापन रोक्‍न नयाँ व्यवस्था

 काठमाडौं : सरकारले नक्कली विज्ञापन गरेर कामदार ठग्ने प्रवृत्ति न्यूनीकरण गर्न नयाँ व्यवस्था गरेको छ। अबदेखि मोबाइल एसएमएस र वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत कामदार आवश्यकता भनी प्रकाशन, प्रसारण गरिएका विज्ञापन सत्य हो वा होइन भनी पत्ता लगाउन सकिनेछ।

वैदेशिक रोजगारीमा आकर्षक काम र तलबसहितका नक्कली विज्ञापनसमेत छ्याप्छ्याप्ती प्रकाशन हुन थालेपछि यसलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था गरिएको हो। नयाँ व्यवस्थाले कामदार ठगिने प्रवृत्तिमा कमी आउने सरकारको ठम्याइँ छ।

वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति दिएका विज्ञापनमात्र प्रकाशन गर्न पाइने र विज्ञापन अनुमति लिएर प्रकाशन भएको हो कि होइन भन्ने जानकारी मोबाइलमा एसएमएस पठाएपछि प्राप्त हुनेछ।
छापिएका विज्ञापनमा दिइएको एलटी नम्बर टाइप गरी ४००१ म्यासेज पठाएपछि त्यस विज्ञापनमा उल्लेख गरिएको तलब, कामको प्रकृति तथा डिमान्ड संख्या सही भए नभएको पत्ता लाग्नेछ।

विज्ञानमा उल्लेख गरिएकै जानकारी एसएमएसमा आएमा विज्ञापन सक्कली भएको पुष्टि हुनेछ भने छापिएको विज्ञापनसँग एसएमएसमा आउने म्यासेज नमिलेमा नक्कली भनेर बुझ्नुपर्नेछ।

    वैदेशिक रोजगारीमा आकर्षक काम र तलब भन्दै नक्कली विज्ञापनसमेत छ्याप्छ्याप्ती प्रकाशन हुन थालेपछि यसलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था गरिएको हो।

कामदार पठाउने कम्पनीले विज्ञापनमा अनिवार्यरूपमा एलटी उल्लेख गर्नुपर्छ। यो वैदेशिक रोजगार विभागले उपलब्ध गराउने विशेष नम्बर हो। यो नम्बरका आधारमा विभागले अनुमति दिए अनुसारकै विज्ञापन प्रकाशन भए, नभएको बारेमा रुजु गर्न सकिनेछ।

यसरी रुजु गर्दा नक्कली विज्ञापन प्रकाशन गरेको पाइएमा कारबाही गर्न समेत सजिलो हुने सरकारको निष्कर्ष छ। यसैगरी, वैदेशिक रोजगार विभागको वेबसाइटको होमपेजमा रहेको पूर्वस्वीकृति विवरण खोजी शीर्षकमा गई एलटी नम्बर टाइप गरेपछि विज्ञापनका बारेमा सम्पूर्ण विवरण आउनेछ।

वैदेशिक रोजगार विभागका निर्देशक बद्री कार्कीले नयाँ व्यवस्थाले आकर्षक विज्ञापन गरी कामदार ठग्ने प्रवृत्ति निरुत्साही हुने जानकारी दिए। 'नक्कली विज्ञापन गरी कामदारलाई ठग्ने गरिएका गुनासा आउन थालेपछि त्यसलाई नियन्त्रण गर्न नयाँ व्यवस्था गरिएको हो', उनले भने।

वैदेशिक रोजगारीमा जाने युवाको संख्यासँगै ठगीका घटना पनि बढ्दो क्रममा छ। पत्रपत्रिकामा आक र्षक तलबसुविधा पाइने भन्दै विज्ञापन गरिने र सोही विज्ञापनका आधारमा बिदेसिन जाने कामदारसँग मोटो रकम असुल्ने गरिएका उजुरी वैदेशिक रोजगार विभागमा आउने गरेको छ।

विभागले कामदार पठाउने म्यानपावर कम्पनीलाई पूर्व र अन्तिम गरी दुई पटक स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। पूर्वस्वीकृतिमा उल्लेख गरिएका विवरण अन्तिम स्वीकृति दिँदा मिल्नै पर्ने व्यवस्था छ।

म्यानपावर कम्पनीले विदेशी कम्पनीमा कामदार माग भएको संख्या, गर्नुपर्ने काम र तलबसहितका विवरण खुलाएर पहिलोपटक विज्ञापन प्रकाशन गर्छन्। त्यसपछि अन्तवार्ता लिई भिसासमेत आएपछि त्यसलाई पनि पुन: विभागबाट सदर गराएरमात्र कामदार पठाउन पाउँछन्।

हाल दैनिक वैदेशिक रोजगारीमा औसतमा १५ सय नेपाली जाने गरेका छन्। सरकारी अनुमति लिएर बिदेसिने कामदारको संख्या ३५ लाख नाघिसकेको छ। आन्तरिक बजारमा पर्याप्त मात्रामा रोजगारी उपलब्ध हुन नसकेपछि युवा बिदेसिन बाध्य भएका हुन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

‘काठमाडौं उपत्यकाभित्र किशोरीकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध,सम्पर्क नम्बर सहित

Written By Unknown on Saturday, 20 December 2014 | 16:05

पुस ५, काठमाडौं  – ‘काठमाडौं उपत्यकाभित्र किशोरीकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९६९९९२१,९८०८९७०१११ मा फोन गर्नुहोला ।’ यो सन्देश शुक्रबार उपत्यकाभर भाइरल भयो । स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘टेरी डेस होम्मेस’ ले ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका प्रहरी, न्यायाधीश, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोवाइलमा पुगेको थियो । होम्मेसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा बालबालिकाको व्यावसायिक यौनशेषण (सीएसईसी) को अवस्थाबारे जानकारी गर्न अभियानका रुपमा पहिलो चरणमा बिहीबार एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो सन्देश पठाएको उल्लेख छ । सन्देश भने शुक्रबार मात्रै भाइरल भएको थियो । कार्यक्रमको जानकारी र सन्देस पठाउने सम्बन्धमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीलाई समेत भेट्न पुगेका संस्थाका कर्मचारीलाई कार्कीले यस्तो सन्देश पठाउन नहुने जवाफ दिए पनि होम्मेसले जवरजस्ती पठाएको थियो । सन्देश प्रहरीकै उच्च अधिकृतलाई पुगेपछि सोधिखोजी सुरु भएको थियो,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

प्रम कोईरालालाई धम्की, ४८ घण्टा भित्र नेपालमा जे पनि हुन सक्ने भन्ने यि को हुन् ? भिडियो सहित

काठमाडौं । पाकिस्तानमा नै विवादित बनेको धार्मिक संस्था कल्की अवतार फाउन्डेसनका प्रमुख युनुस अलगोहरले प्रधानमन्त्री सुशिल कोईरालालाई धम्की दिएका छन् । आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका ५ सदस्यलाई युएनएचसिआरका नेपालस्थित अधिकारीलाई सम्पर्क गराउन उनले चेतावनी पुर्ण भाषामा बोलेको भिडियो युटेबमा सार्वजनिक गरेका छन् । प्रहरी हिरासतमा रहेका आफ्ना ५ सदस्य युएनएचसिआर प्रतिनिधिलाई बुझाउन नेपालका प्रधानमन्त्रीलाई ४८ घन्टे अल्टिमेटम दिएका छन् ।

युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको करिब ३३ मिनेटको लामो भिडियोमा उनले प्रधानमन्त्री कोइरालालाई सम्बोधन गर्दै आफ्ना मान्छेलाई क्षति गर्ने यो पृथ्वीमा कसैसँग क्षमता नभएको बताएका छन् । उनले ४८ घण्टाभित्र नछोडेमा नेपालमा जे पनि हुन सक्ने भन्दै कडा शब्दमा नेपालका सरकार प्रमुखका नाममा कडा शब्दमा धम्की दिएका छन् ।

अँग्रेजीमा कोइरालाई सम्बोधन गरीएको भिडियोमा संस्थाका सदस्य दुई वर्षदेखि नेपालमा बसेको जनाउँदै उनले कार्यालय नै सञ्चालनमा ल्याएकाले उनीहरू आतंकवादी गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन् । उनले आफ्ना संस्थाको सदस्यलाई पक्राउ गर्नु संयुक्त राष्ट्रसंघीय बडापत्र र लोकतन्त्रविरोधी गतिविधि भएको दाबी गर्दै नेपालका प्रधानमन्त्रीलाई ती विषयमा जानकारी नभए आफूसँग पढ्न आउनसमेत चेतावनी दिएका छन् ।
 अलगोहरले नेपालको प्रहरीले बच्चाजस्तो व्यवहार गरेर कल्कीका समर्थकलाई आतंकवादीको आरोप लगाएको भिडियोमा भनेका छन् । प्रहरीले कल्की अवतार फाउन्डेसनबारे गलत सूचना दिएको आरोपमा सूचनादाता रोशन भारतीलाई समेत पक्राउ गरेर साइबरक्राइमअन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

कल्की अवतार फाउन्डेसनका नाममा आतंकवादी योजना बनाएको र उनीहरूको सम्पर्क अलकायदासँग समेत रहेको सूचनाका आधारमा प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर २० मा कपुरधारास्थित फाउन्डेसनको कार्यालयमा छापा मारेर पाकिस्तानी, भारतीय र नेपाली गरी २० जनालाई पक्राउ गरेको थियो । नेपाली र भारतीय नागरिक रिहा भए पनि ५ पाकिस्तानी नागरिक भने अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

ANFA President and Treasurer relieved of posts

Written By Unknown on Monday, 15 December 2014 | 15:44

All Nepal Football Association (ANFA) has relieved its President Ganesh Thapa and Treasurer Biratjung Shahi of their respective posts for two months. The information was shared at a press conference held at the ANFA Complex at Satdobato on Monday.


The post of President will be assumed by ANFA Vice President Lalit Krishna Shrestha while the responsibility of the post of Treasurer will be assumed by assistant-Treasurer Rabindra Joshi, it was informed.


It may be noted that the Parliamentary Public Accounts Committee has issued an order barring ANFA President Thapa and Treasurer Shahi from carrying out any works in the Association.


Meanwhile, the Association meeting held on Monday took the decision to start the National Football League from December 8. At least 11 teams will participate in the tournament.


The winning team will walk home with Rs. 10 million while each of the participating teams will receive Rs. 1.5 million for preparation.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

राति ट्याक्सी चढ्ने युवती ड्राइभरलाई भन्छन्, ‘पैसा छैन, बरु सेक्स गर’

Written By Unknown on Sunday, 14 December 2014 | 15:36

 तपाईंको नाम ?
विज्ञान तामाङ ।
घर ?
सर्लाहीको मलंगवा, अहिले काठमाण्डु जोरपाटीको माकलबारी बस्छु ।
उमेर ?
बूढो भइयो, (हाँस्दै) ३६ पुगें ।
घरमा को–को हुनुहुन्छ ?
श्रीमती, एउटा छोरा, एउटी छोरी र म ।
ट्याक्सी चलाउन थालेको कति भयो ?
११ वर्ष ।
कमाई कस्तो छ ?
साहुलाई बुझाएर दिनमा ५÷६ सय बच्छ । लामो ट्रिप पाइयो भने कुनै दिन हजार पनि पुगिहाल्छ ।
साहुलाई कति बुझाउनुपर्छ ?
रातिको ६ सय ।
ट्याकसी चलाएर परिवार पाल्न पुगेको छ ?
पुगेकै छ भन्नुपर्छ । विदेश जानुभन्दा यही ठीक छ । कहिले काहीं पुगेन भने गाउँबाट चामल ल्याएर खान्छु ।
रातिमा ट्याक्सी चलाउँदा सुरक्षाको डर हुँदैन ?
हुँदैन । पहिलापहिला त ‘डेन्जर’ हुन्थ्यो । अहिले सुरक्षा राम्रो छ । म तीनपटक लुटिएको छु ।
ट्याक्सी चढ्थे, पछि भएकै पैसा लुटेर जान्थे ।
ट्याक्सी चढेर पैसा नदिने कत्तिको भेटिन्छन् ?
त्यस्ता पनि हुन्छन् । पहिला त कति भयो कति त्यस्ता घटना । अहिले कलिकति कम छ ।
पैसा दिएन भनेर प्रहरीमा उजुरी गर्नुहुन्न ?
रातिको समय हुन्छ । एकान्तमा गएपछि लफडा गर्छ । पुलिस खोज्न थाल्नु कि ज्यान जोगाएर भाग्नु ? पुलिस त राति बोलायो भने बिहानतिर पुग्छ ।
पैसा दिन्न भन्नेहरु कस्ता मान्छे हुन्छन् ?
गुण्डा टाइपका केटाहरु । धेरैजसो त केटीहरु हुन्छन् ।
कस्ता केटी ?
म प्रायः ग्राहक कुरेर ठमेलतिरै बस्छु । यहाँ राम्रा–नराम्रा सबै खाले मान्छे आउँछन् । हेर्दा स्मार्ट देखिन्छन् । लिएर गयो । ट्याक्सीबाट झरेपछि दाई पैसा छैन, बरु एकपटक सेक्स गर्नुस् भन्छन् । त्यस्तो कुरा कसरी गर्न सकेका होलान् । लाजै मान्दैनन् भन्या ।
त्यसो भए मस्ती गर्नु भो ?
धत्तेरी । कहाँ त्यस्तो कुरा गर्नुभएको ? उनीहरुले भन्ने मात्र हो । म जान्न । बरु सम्झाएर पठाइदिन्छु । पैसा भएको बेलामा देउ भनेर छाडिदिन्छु ।
खै !  गफै दिएजस्तो लाग्यो ?
रामोराम हो । म त कान समात्छु । कस्ता केटी हुन्, कस्ता । एड्स लाग्यो भने के गर्ने ? गाउँमा एड्स लागेको थाहा भयो भने गाउँमा ‘फलानाको छोरा यस्तो रे’ भन्ने हल्ला चल्छ । त्यस्तो बेलामा बाँच्नुभन्दा मर्नु नै बेस हुने अवस्था आउँछ ।
अहिले पनि पैसाको सट्टा ‘सेक्स गर्नुस्’ भन्नेहरु भेट्ने गर्नुभएको छ ?
(हाँस्दै) अहिले केही वर्षदेखि भएको छैन । बूढो देखेर होला नि । अरु केटाहरुलाई भन्छ भन्छन् । मलाई त त्यस्ता केटी भेटेको भन्दा नभेटेकै जाति । अब त मान्छे चिनिसकियो, त्यस्ता खालका केटी आए भने जान्न भन्दियो । टेन्सनै साफ ।
ट्याक्सी चलाउन राति राम्रो कि दिउँसोमा ?
मलाई त राति नै राम्रो लाग्छ । त्यही भएर राति चलाएको छ । दिनमा जस्तो ट्राफिक जाम पनि हुँदैन रातिमा । नौ बजेपछि कमाई पनि डेढी हुन्छ ।
मिटर कत्तिको बिगार्ने गर्नुभएको छ ?
कहाँ त्यस्तो गर्नु । मार्छ नि ट्राफिकले ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

Hindu Nations Mission obstructing the hand harvested: Khum

Written By Unknown on Saturday, 13 December 2014 | 16:07

झापा : हिन्दु राष्ट्र स्थापना अभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले सनातन हिन्दु राष्ट्र स्थापनाको अभियानमा अवरोध गर्नेहरूको हात काटिदिने चेतावनी दिएका छन्। झापाको दमकमा शनिबार अभियान सुरुआत गर्दै खड्काले अभियानका क्रममा जस्तोसुकै आक्रमण भए पनि त्यसको सामना गर्ने क्षमता अभियानका कार्यकर्तासँग रहेको दाबी गरे।

ढुक्क भएर हिन्दु राष्ट्र स्थापनाको अभियानमा लाग्न सर्वसाधारणलाई अनुरोध गर्दै उनले भने, 'तपाईंहरू ढुक्क भएर यो अभियानमा लाग्नुस्। हामीसँग जस्तोसुकै चुनौती सामना गर्ने शक्ति छ। कसैले आक्रमण गर्न खोजे त्यसको हातसमेत काटिदिन सक्छौं।' उनले ९४ प्रतिशत ओमकार परिवारका मानिस बसोबास गर्ने नेपालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर ठूलो गल्ती भएको दाबी गरे। खड्काले पहिलो संविधानसभाले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर गरेको गल्ती दोस्रो संविधानसभाले सच्याउनुपर्ने बताए।

दोस्रो संविधानसभाले सच्याउन नसके जनतासमक्ष जानुपर्ने उनको भनाइ थियो। उनले भने, 'दोस्रो संविधानसभाले कुनै पनि हालतमा सनातन हिन्दु राष्ट्र कायम गर्न सक्नुपर्छ। नभए जनतालाई छाडिदिनुपर्छ।' जनतासमक्ष जाने आँट दलहरूले नगरे आन्दोलनबाट हिन्दु राष्ट्र कायम गरेर देखाइदिने चेतावनी उनले दिए।

तत्कालीन हतियारधारी माओवादीसँग १२ बुँदे समझदारी गरेर दलहरूले गम्भीर गल्ती गरेको उनले बताए। उनले सोही बेलादेखि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग आफ्नो विवाद सुरु भएको बताए। '१२ बुँदे समझदारीपछि देशमा जातीय द्वन्द्व मात्रै चुलियो। पहाडबाट मधेसीलाई धपाउने र मधेसबाट पहाडेलाई धपाउने काममात्र भयो', उनले भने। विगतमा कांग्रेस नेतृत्वले धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सहयोग गर्नुमा गम्भीर त्रुटि भएको बताउँदै खड्काले आफ्नो अभियानले त्रुटि सच्याउने दाबी गरे। पशुपतिनाथ, फाल्गुनन्द, पाथिभरा, स्वर्गद्वारीलगायत पवित्र तीर्थस्थल रहेको देशमा प्रलोभन देखाएर धर्म परिवर्तन गराउने कुरा आपत्तिजनक भएको उनले बताए।

कांग्रेसका युवा नेता मोहम्मद नक्की खाँले अधिकांश हिन्दुको बसोबास रहेकाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेस नेता तारानाथ रानाभाट, सुवर्ण जुहारचन थकाली, कुमार रेग्मीलगायतले बोलेका थिए।
- See more at: http://annapurnapost.com/News.aspx/story/4066#sthash.n2LJwGsn.xVUm7WLu.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना !!! सबैले एक पटक हेर्न नभुल्नुस होला ! -

Written By Unknown on Saturday, 29 November 2014 | 16:15

Nepalese living abroad is very important for the Government Information !!! Perhaps a time to see all nabhulnusa! -
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

स्कुटीको शोख पूरा गर्न हप्तामा ६ जनासँग यौन धन्दा गर्ने युवती ।

Satya Katha, as the section in Digitalpatrika, addresses those criminal acts which have been committed by the people in their real lives. In this context, it is obvious that there are so many criminal acts which have been committed by the people so that to earn money as well as for fame. However, the criminals are ought to be punished by the law as they have gone against law of country. So Satya Katha has encountered so many stories so that the readers will get the information about those real stories.

Satya Katha, in the present episode has centralized on the main character, Sushma who has not seen college in her whole life time. She has dropped her studies when she was studying in Grade 7. But she used to wear miniskirt. Most of the people can’t even think that Sushma is engaged in the sexual works. But in cities, most of the youths are attired in the College dress as well as in the Tamang dress as well. But these women tried to hide their identity. So the Satya Katha in the present episode has shown how the sex workers are arrested for they are involved in the sexual activities. The sexual activities are illegal in the eyes of law.

 In this case, the Story has also shown the woman from Chitwan. She was named as Asmita and has been residing in Kathmandu from 15 years ago. She has come to Kathmandu due to the domestic problems. She could not face the truble created by her step mother and has come to Kathmandu. She used to work as domestic servant but later she could not manage for the expenses. So far, the she started to work in Dance restaurant and thus she came to join the profession of working in brothels. In the same, the story has included the story of Jasmine who manages to take 5 to 6 customers in a week. Thus the Story has shown how the women are brought to the brothels so that they can be the sex workers.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

ठमेलका यौन अखडामा विदेशी युवती

 ठमेलका यौन अखडामा विदेशी युवती

२६ फागुन,काठमाडौ/ विगत एक महिनादेखि यिनीहरूको चियो गर्दै आएका ठमेल नर्सिङचोकका पस्मिना व्यापारी शिव माली बोलीको लबज सुन्दा यिनीहरूमध्ये कोही रसियन, कोही युरोपेली र चिनियाँजस्तो लाग्छन् तर यकिन भने थाहा भएन भन्छन्। उनले यी युवतीप्रति गरेको आशंकासँगै थप जानकारी खोज्दै जाँदा यो आशंका आशंकामा मात्र सीमित नभएर सत्यमा परिणत हुन्छ। यिनीहरू त साँच्चै विदेशी युवती रहेछन्। यिनीहरू सोझै त्रिभुवन विमानस्थल हुँदै काठमाडौं आएका हुन्। तर कौतुहलता लाग्नसक्छ, के यिनीहरू घुम्न आएका हुन् त? उत्तर छोटो छ, होइनन्। व्यापार गर्ने निहुँमा नेपाल भित्रिएका यिनीहरू विदेशी लत्ताकपडा तथा अन्य खाद्यवस्तुको व्यापार गर्न भने आएका होइनन्। यिनीहरूको व्यापार हो, देहव्यापार। ठमेलका चार–पाँचवटा होटेलमा कोठा नै भाडामा लिएर महिनौं दिनदेखि बस्दै आएका यिनीहरूको प्रमुख पेसा नै देहव्यापार हो, महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब निरीक्षक शरणविक्रम शाह भन्छन्। ठमेलका कतिपय पर्यटकीय होटलहरू चिनियाँ र रूसीलगायतका विदेशी नागरिकहरूले भाडामा लिएर चलाउन थालेपछि विदेशी युवतीहरूको देहव्यापारका लागि ठमेल क्षेत्रमा प्रवेश भएको हो।

प्रहरी नायब निरीक्षक शाह भन्छन्, ठमेल क्षेत्र डान्स, मसाज युवतीहरूको देहव्यापारमा बढ्दो संलग्नताका कारण बदनाम हुँदैछ। देहव्यापारका लागि महँगो मूल्य असुले पनि खुला रूपमा प्रस्तुत हुने युवतीहरूको संख्या ठमेल क्षेत्रमा मात्र तीन–चार दर्जनजति भएको हुनसक्ने अनुमान गरिएको छ। यिनीहरूका ग्राहक विदेशी पर्यटकभन्दा नेपाली नै बढी भएको कुरा सुन्दा अनौठो लाग्नसक्छ। यी युवतीहरू बसोवास गर्ने होटलमा कार्यरत रायमाझी थरका एक युवकका अनुसार, यिनीहरूका अधिक ग्राहक भनेका व्यापारीदेखि गाडी ड्राइभर र पर्यटक पथप्रदर्शक रहेका छन्। हल्का नेपाली बोल्न जान्ने यिनीहरू देहव्यापार गर्न आउने आफ्ना नेपाली ग्राहकलाई रफ् शब्द प्रयोग गर्न पनि पछि पर्दैनन्। ती युवक भन्छन्, गोरो छाला, स्लिम र राम्री भएकाले हो कि यी विदेशी केटी भनेपछि नेपाली र विदेशीहरू उत्तिकै झुम्मिन्छन्। आफू काम गर्ने होटलमा मात्र कतिजना विदेशी युवती छन् भन्ने कुरामा युवक नै अनभिज्ञ छन्। कहिले तीनजना हुन्छन् त कहिले पाँचजना। लेखाजोखा नै हुदैन कति आउँछन् भनेर। सबैजनाको अनुहार उस्तैउस्तै लाग्छ। दिउँसो भने प्रायः होटलबाहिर निस्किने यिनीहरू कहाँ घुम्न जान्छन् भन्ने कुरामा पनि ती युवक परिचित छैनन्। होटल मालिकले यिनीहरूलाई गेस्टको रूपमा चिनाउने गर्छन्। होटलको कोठा नै भाडा लिएर देहव्यापारलाई पेसाकै रूपमा अपनाउँदै आएका यी युवतीहरू परिचित नेपाली ग्राहकबाहेक अन्यसँग बोल्दै बोल्दैनन् तर विदेशीसँग भने खुलेरै कुरा गर्छन् किनकि उनीहरूको पेसाको विरुद्ध विदेशीहरूले सरकारलाई उजुरी नगरिदिने भएर पनि हुनसक्छ। त्यस्तै, उनीहरू आफूले चिनेको व्यक्तिमार्फत आएकाहरूसँग मात्र देहव्यापार गर्ने गर्छन्।

परिचित व्यक्ति छ भने खुलेरै कुरा गर्ने यी विदेशी युवतीहरूले कतिपय दलालमार्फत फोन गरेरै बोलाउने गरेकोसमेत थाहा भएको छ। प्रनानि शाहका अनुसार विदेशी ग्राहकको खोजीमा कहिलेकाहीं यिनीहरू राजधानीका पाँचतारे होटलसम्म पुग्छन्। होटलको स्ट्यान्डर्डअनुसार शुल्क लिन्छन्। परिचित नेपालीसँग देहव्यापार गर्न पनि अलिक सजग रहने यिनीहरू विदेशीसँग भने सडकमै मोलमोलाइ गर्छन् भन्ने भनाइ प्रनानि शाहको छ। अवैध रूपमा विदेशी युवती लुकेर बसेको आशंकामा एकपटक प्रहरीले एउटा होटलमा छापामार्दा केही युवतीलाई आवश्यक सोधपुछपछि छोडिएको थियो। रेस्टुराँ तथा होटलमा स्टाफका रूपमा आएका ती युवतीहरूको कोठामा समेत प्रहरीले छापामारेको थियो। तर, कोठामा त्यस्तो कुनै शंका लाग्दो प्रमाण फेला नपरेपछि यत्तिकै छोडेको थियो। कतिपय युवा भने हिजोआज ठमेललाई विदेशी माल पाइने स्थानका रूपमा चिनाइरहेका छन्। ठमेलका रात्रि व्यवसायी दीपक गुरुङ टु पिसको डान्सलाई नांगो नाच भन्ने सरकारले विदेशी युवतीको खुला देहव्यापारलाई प्रोत्साहन दिएको आरोप लगाउँछन्। विदेशी नागरिकले चलाएका अधिकांश होटलमा विदेशी युवतीहरू नै छन्। कोही ठोकुवा गरेर भन्नसक्छ– के उनीहरू घुम्न र वेटर काम गर्न नेपाल आएका हुन् त? विदेशी युवतीलाई देहव्यापार गर्न छुट दिने, तर हामीहरूलाई रेस्टुराँ चलाएर खान नदिने वर्तमान सरकारका कारणले नै ठमेल भूमिगत रेडलाइट क्षेत्र बन्दैछ।

जो–कोहीले पनि विदेशी माल भनेपछि ठमेलका होटलमा देहव्यापार गराउने विदेशी युवती सम्झन्छन्, रेस्टुराँ व्यवसायी गुरुङले उल्लेख गरे। एकरातका लागि मात्र उनीहरूले प्रतिव्यक्ति पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म लिने गरेको कुरा भुक्तभोगी नेपालीहरू बताउँछन्। व्यापारिक कारोबारको भिसा बनाएर काठमाडौं छिरेका यी युवतीहरू देहव्यापार गर्नका लागि हेड वेटर भनेर भिसाको म्याद पाउने गर्छन् भने कतिपयले होटल सञ्चालकको सहयोगी भनेर भिसा थप्छन्। लत्ताकपडाको व्यापारसँगै देहव्यापार गर्न पनि विदेशी युवती भित्रिन थालेपछि ठमेलका पर्यटन व्यवसायी चिन्तित देखिन थालेका छन्। ठमेल पर्यटन परिषद्का महासचिव रामशरण थपलिया यो विकृतिको नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने तयारी परिषद्को रहेको बताउँछन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

गढीमाईमा १० हजार राँगा काटिने, मार हान्न तीन सय खटिए -

Written By Unknown on Thursday, 27 November 2014 | 06:07

बारा : चौतर्फी विरोधका बाबजुत बाराको गढीमाई मन्दिरमा यो वर्ष १० हजार राँगा काटिने भएका छन् ।  गढीमाई मेला ब्यवस्थापन समितिले अहिले १० हजार राँगाको बलिका लागि तीन सय ५० जना मारक नियुक्त गरिएको जनाएको छ ।

भारतबाट राँगा ल्याउन सिमामा कडाई गरिएपछि बलि दिने राँगाको संख्यामा केही कम भएको ब्यवस्थापन समितिले जानकारी दिएको छ । गढीमाईमा धेरैजसो भारतबाट आउने भक्तजनले बलि चढाउने गरेका छन् । गढीमाईमा बलि चढाउन लागि राँगा र पाडा भारतबाट नलैजान भारतीय सर्वोच्च अदालतले दिएको आदेशअनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले सिमामा कडाई गरेको हो ।

सिमामा खटिएका भारतीय सुरक्षाकर्मीले राँगा र पाडा भित्र्याउन रोक लगाएपछि बलि हुने राँगाकोे संख्या केही घट्ने समितिका अध्यक्ष रामचन्द्र साहले बताएका छन् । ‘बलि दिन ल्याइएका राँगा र पाडा सिमामा रोकिएको गुनासो समितिमा आईरहेका छन्’, साहले भने ‘सिमामा रोकिएपछि भारतबाट आउने राँगाको संख्यामा यसपटक केही कमी हुन्छ ।’

भारतीय सर्बोच्च अदालतको आदेश पालना गर्नुपर्ने भएकाले राँगा र पाडा ल्याउन समितिले कसैलाई दवाव नदिने बताउँदे साहले बलि दिन जबरजस्ती नगरिएको बताए । आस्थाकै कारण बलिले निरन्तरता पाइरहेको उनको भनाइ छ ।

सिमामा रोकिने डरलो थुप्रै भक्तजनले महिना दिनअघि देखि नै नेपाल भित्राएर आफन्तको घरमा राँगा र पाडा ल्याएर राखेका जानकारी पाएको अध्यक्ष साहले बताए । ‘हामीले कसैलाई जबरजस्ती गर्न मिल्दैन्, बलि गर्नै पर्छ भनेर दवाव पनि दिएका छैनौ ’ साहले भने ‘आफ्नो भाकल पुरा गरेको भन्दै भक्तजनले देबीलाई बलि चढाउने गरेका छन् । सबैको आस्था उस्तै छ ।’\

समितिले बलि दिन बनाएको वधस्थलमा बुधवारदेखि राँगा र पाडा राख्न सुरु गरेको छ । खुल्ला बलि दिने परम्परालाई रोक्दै मेला समितिले अघिल्लो पटकदेखि मन्दिर क्षेत्रमा बधस्थल निर्माण गरेको हो । दुई विघा क्षेत्रफलमा बनाइएको वधस्थलमा बिहीबार रातिसम्म राँगा र पाडा राखिने समितिका साहले बताए ।

शुक्रवार विहान मन्दिरका मूलपूजारीले विधिपूर्वक पूजा गरेपछि मुसा, परेवा, हास, सुंगुर र राँगाको पञ्चबलि दिएपछि अन्य राँगाको बलि दिन सुरु गरिनेछ । बलिका लागि समितिले तीन सय ५० जना मारक नियुक्त गरेको छ । शारीरिक अवस्था परीक्षण गरी नागरिकता हेरेर नियक्त मारकले पञ्चबलि दिएलगत्तै बधस्थल भित्र ‘ए’, ‘बी’ र ‘सि’ तीन भागमा विभाजित राँगा र पाडाको बलि दिन थाल्नेछन् ।

राँगाको बलि दिएको भोलिपल्ट मंसिर १३ गते बोका अन्य पशुको बलि दिइने छ । मन्दिर वरपरका क्षेत्रमा बलि हुने पशुपंक्षीको यकिन तथ्यांक नआउने साहको भनाइ छ । राँगासहित करिब २० हजारको संख्यामा पशुको बलि चढ्ने अनुमान गरिएको छ ।

आस्थाका नाममा निर्दोष पशुको ज्यान नलिई मेलालाई हिंसारहित बनाउन आग्रह गर्दै पशुअधिकारवादी संस्थाका प्रतिनिधिले मन्दिरक्षेत्रमा अभियान चलाइरहेका छन् । दैनिक हजारौको संख्यामा आउने भक्तजनलाई पर्चा दिँदै उनीहरुले बलि नदिन आग्रह गरेका छन् । आस्था राख्ने भक्तजनबीचमा पशुअधिकारबादीको अभियान चलिरहेपनि ब्यवस्थापन समितिले कसैको बिरोध नगरेको सचिव मोतिलाल कुशवाहाले बताए ।

‘हामीले बलिलाई ब्यवस्थित बनाउने तयारी गरिरहेका छौं । बलि रोक्न माग गर्नेलाई अवरोध गरेका छैनौँ’। सचिव कुशवाहाले भने ‘आस्था र अधिकारका कुरा छन्, हामीले कसैलाई रोक्न मिल्दैन्’ ।
बलिको अलावा मन्दिरको दर्शन र पूजा गर्नमात्रै दैनिक हजारौको संख्यामा दर्शनार्थीको भिड लाग्ने गरेको छ ।

मंसिर १ गते सुरु भएको मेलामा हालसम्म पाँच लाख बढी दर्शनार्थीले दर्शन र पूजा गरेको सचिव कुशवाहाले जानकारी दिए । मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
मेला ब्यवस्थित बनाउन स्वयम्सेवकका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले एक हजार तीन सयको हाराहारीमा प्रहरी खटाइएको जानकारी दिए ।

मन्दिरमा आउने भक्तजनलाई लाईनमा राखेर छिटोे दर्शन गराउन प्रहरीले सहयोग गरिरहेका छन् भने केही प्रहरीले मन्दिर क्षेत्रमा सुरक्षा दिइरहेको रेग्मीले बताए ।
बलि सुरु भएपछि मेलामा भक्तजनको संख्याको दोब्बर बढ्ने भएकाले सुरक्षाब्यवस्था कडा पारिएको रेग्मीको भनाइ छ । रेग्मीका अनुसार मेलामा झगडा, लुटपाट र यौन दुब्र्यवहारजस्ता घटना हुन नदिन प्रहरीले निगरानी बढाउने छ ।

मेला समितिले गढीमाई मन्दिर वरपर सयाँैको संख्यामा राखिएको स्टलमा मदिरा र मासु बेच्न रोक लगाएको छ ।  दर्शनार्थीका लागि समितिले खानेपानी र विद्युत्तको ब्यवस्था भएको ठुला पण्डाल बनाएको छ । दशौं हजार दर्शनार्थीले पण्डालमा निशुःल्क खान र बस्ने सक्ने समितिको भनाइ छ ।

विश्वप्रसिद्ध गढीमाई मेलालाई बाराबासीले पर्वकै रुपमा मनाउने गरेका छन् । एक महिनासम्म चल्ने गढीमाई मेला आफन्त भेटघाट समेत गराउने बरियारपुरका सन्तोष गुप्ताले बताए । बरियारपुरमै मन्दिर भएकाले पनि यसक्षेत्रका बासिन्दा उत्साहित भएको गुप्ताको भनाइ छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

Miss Earth Nepal Prinsha Shrestha’s Eco-Beauty Video!

Written By Unknown on Tuesday, 25 November 2014 | 16:03

 I’ve been super slow with the blog updates and trying to catch up is proving to be quite a task! Here’s the eco-beauty video by Miss Earth Nepal 2014 Prinsha Shrestha. The video follows Prinsha as she travels to the Everest region and presents an idea for the locals so that they can be part of and benefit from the influx of tourists in and around their homes. Shrestha also successfully pitches the idea to the managing director of Yeti Mountain Home. If you’re ever around the region, don’t forget to stop by for the Everest Potato Pancakes!

Prinsha’s proving to be very popular online and on various public voting polls! Keep voting! The Miss Earth grand final will take place on Nov 29th in Philippines.

PS. Read Prinsha’s interview on Yahoo! Share the interview and use the hashtag on Facebook/Twitter and that counts as a vote!
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

यस्ती छिन् पारसले भित्रीयाउँने भन्नेकी केटी

यो तस्विरमा पूर्व युवराज पारसका साथमा देखिएकी युवत पारसले भित्रियाउँने भन्नेकी पारसकी साथी हुन् । यीनको नाम कन्नीका च्याइसान हो ! केही सयम अघि हृदयघात भई अचेत अवस्थामा पुगेका पारसलाई यी केटीले नै बचाएकी थिइन । पारसलाई आफैले अस्पताल पुर्‍याएकी थिइन कन्नीकाले यता,पुर्व युवराज्ञी हिमानीले आज ९मंगलबार०३८औ जन्मदिन मनाउदै छीन । पारसले दशैमा काठमाडौ आउने खवर पठाएका छन । हिमानी बैकक गएका बेला कन्निका आफै पारसको जीवनबाट टाढा भएकी थिइन।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

मोदीद्वारा नेपाललाई हेलिकोप्टर उपहार

मंसिर ९, काठमाडौं  – यस अघि सार्क सम्मेलनमा भाग लिन आएका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आज विभिन्न सहयोगहरु प्रदान गरेका छन् । काठमाडौ आउने वित्तिकै भारतको सहयोगमा निर्माण भएको ट्रमा सेन्टरलाई उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ भने सोही कार्यक्रमबाट टेलिफोनको दर कम गर्ने घोषणा पनि गरे ।
भारतबाट नेपालका लागि फोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत रकम कम गर्ने प्रतिवद्धता जनाउँदै नेपाल टेलिकमले पनि शुल्क घटाउनुपर्ने उनले बताए । दुई देशले नै टेलिफोनको दरमा कटौती गरे राम्रो हुने धारणा उनको थियो । त्यसै गरी मोवाइल स्वाइल टेस्ट भ्यान पनि दिने घोषणा पनि गरेका छन् । कृषि क्षेत्रमा मोटोको गुणस्तर मापण गर्न प्रविधि जडित सो भ्यान नेपाल सरकारलाई दिने घोषणा गरका छन् ।

त्यस्तै चार महिनाअघि नेपालमा भ्रमणमा आएका मोदीले १० हजार करोड रुपैयाँ सहयोग दिने घोषणा गरका थिए त्यसको पनि यही बेला हस्ताक्षर गर्ने पनि बताए । त्यसैगरि आजै नै सेनालाई हेलिकप्टर पनि सहयोग गरेका छन् । टुँडिखेलमा एक कार्यक्रमबीच उनले हेलिकप्टर हस्तान्तरण गरेका छन् । उक्त हेलिकप्टरको मूल्य ६२ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।

यसको साथै उनले यसअघि प्रतिबन्धित रहेको ५०० र १००० को भारतीय रुपैयाँ रु २५ हजारसम्म बोकेर सीमावारपार गर्न सकिने पनि बताए ।

मोदीले अब हुने विद्युत सम्झौताले नेपाल चाँडै उज्यालो हुने आशा व्यक्त गरेका थिए ।

त्यसको साथै, आजैदेखि काठमाडौं–दिल्ली बस सेवा पनि मोदीले उद्घाटन गर्नेछन् । उनले बस वाईफाइयुक्त हुने बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

बाग बजारको होटलमा यसरी ठगिन्छन् ग्राहक

Written By Unknown on Friday, 21 November 2014 | 04:23

मंसीर ५ – काठमाडौं,  बागबजारमा रहेको भक्तपुर बसपार्कबाट केही मिटर भित्र छिरेपछि एउटा बोर्ड देखिन्छ । ‘शेहजान होटल’ जसको नाम हो । हामीलाई विभिन्न स्रोतबाट यो होटलले गर्ने ठगी बारे तीन महिना अघिदेखि नै सूचना आईरहेको थियो । कसैले आग्रह पूर्वाग्रहको आधारमा हामीलाई प्रयोग गर्न खोजेको हो की भन्ने आशंकाले तुरुन्तै न्युज ब्रेक गर्नुको साटो हामी त्यो होटलको नालीबेली पत्ता लगाउन लागीपऱ्यौँ । स्रोतप्रति विश्वस्त भएपछि बिहिबार दिउँसो हामी त्यस होटलमा पुगेका थियौं ।
होटलको काउन्टरमा नेपाली कांग्रेस गोरखाकी जिल्ला सदस्य मनकुमारी गुरुङ थिइन् । त्यहाँ केही दलालहरु थिए जो नयाँ मान्छे जानासाथ ‘माथि गएर कुरा गरौं न !’ भन्दै माथिल्लो तल्लामा लैजान्थे र बार्गेनिङ गर्थे । पैसामा यौन साट्न लालस युवतीहरु धेरैजसो बाहिरबाट आउँथे, केहीलाई भने मनकुमारीले होटेलमै पालेर राखेकी थिइन् । वर्षौदेखि त्यस होटलमा सर्वसाधारण लुटिँदै आएका थिए । ३२ कोठा रहेको त्यस होटलमा बास बस्न जाँदा ग्राहकहरुले पाँचदेखि दश हजारसम्म गुमाउने गरेका छन् ।
मुख्य रुपमा त्यस होटलको ठगीमा सेटीङ मिलाउनेहरु थिए, रत्नपार्कमा रहेका यौन व्यवसायीहरु । रत्नपार्कमा रहने यौन व्यवसायीमध्ये अधिकांशको डेस्टिनेशन त्यहि होटल हुने गरेको छ ।
राम मानन्धर (नाम परिवर्तन) केहि महिना अघि त्यस होटलमा पुगेछन् । दलालले उनलाई ‘माथि नै कुरा गर्ने भन्दै’ एक तल्ला माथिको कोठमा बसेर कोठाको चार्ज एक हजार लिएछन् । दलाल निस्केपछि राम र यौन बेच्ने नाममा होटलसँग मिलेर लुटपाट गर्ने युवती सँग बार्गेनिङ हुन थाल्यो । ‘त्यहाँको कुराकानी सबै बाहिर सुनिने रहेछ किनकी ढोका लगाए पनि झ्यालहरुमा पर्दा मात्रै थियो, करिब खुल्ला जस्तै थिए । मैले पैसा तिर्ने बित्तिकै त्यहाँका दलालले ढोका ढक्ढक्याउँदै भने ‘चेकिङ आयो छिटो खोल्नुस ।’ बाहिर निस्कँदा न प्रहरी थियो, न चेकिङ । रामलाई त्यहि दलालले छिटो जानुस् भन्दै हकार्न थालेछन्, युवती भने होटलसँगको पूर्व सहमतीअनुसारकै हिसाब मिलाएर फरार भइसकेकी थिईन् । रामले प्रहरी बारे सोध्दा दलालले भनेछन् ‘त्यहाँ बसिरहेको देख्नुभएन, सिभीलमा आएको होनी ।’
स्रोतका अनुसार त्यस होटलमा दैनिक एक सयको हाराहारीमा ग्राहकहरु लुटिने गरेका छन् । हामीले कालो चियाको साथमा त्यस होटलका गतिविधी नियालिरह्यौँ । एक दलाल कम्मरमा पैसा हाल्ने सानो झोला बाँधेर तलमाथि गरिरहन्थे, उनले हामीलाई नै प्रहरीको हवाला दिएर केहीलाई त्यतिबेलै लुटपाट गर्न भ्याईसेकका रहेछन्, ग्राहकहरु कोठाबाट निस्केर हामीलाई हेर्दै बाहिरिन्थे । हामी त्यहाँ बसुन्जेल १५ जनाजति निन्याउरो अनुहार लगाएर निस्किसकेका थिए । कम्मरमा पैसाको झोला बोकेर तलमाथि गर्ने नेपालगञ्जका निरज थापा रहेछन् । उनी बेलाबेला काउन्टरमा पुगेर मनकुमारीसँग हिसाब मिलान गर्थे ।
त्यहाँ अर्का व्यक्ति थिए सुशिल भण्डारी, जो आफूलाई रिपोर्टस् क्लवमा काम गर्ने बताउँथे । अलि पछि पुगेका हाम्रा एक सहकर्मीलाई तिनै सुशिलले चिया बनाएर खुवाए । रिपोर्टस् क्लवमा काम गर्ने मान्छे किन यहाँ ? हामीले उनलाई त्यहाँबाट बाहिरीएपछि फोनबाट सोध्यौँ ‘मेरो खाने ठाउँ अन्त नभएर क्लवले नै यस होटलमा बस्ने व्यवस्था मिलाईदिएको ।’ तिनै सुशिल भन्दै थिए मेरी माईजु मनकुमारीले मुस्लीम साहुबाट यो होटल किनेको तीन महिना भयो । अनि फेरी मनकुमारीका श्रीमान् लिलाराम भन्दै थिए ‘एक महिना मात्रै भयो यो होटल किनेको ।’ ढाँटेको कुरा काटेर किन मिल्थ्यो ? उनीहरुले हामीलाई ढाँटीरहे ।
गोरखा थालाजुङ गविसकी मनकुमारी नेपाली कांग्रेस सम्वद्ध महिला संघ गोरखाकी सचिव पनि हुन् । मनकुमारी भन्दै थिईन् । पार्टीका कार्यक्रममा गोरखा पुग्ने गरेकी मनकुमारी अरु बेला यहि होटलको काउन्टरमा बस्छिन् । गएको संविधानसभा निर्वाचनमा समानुपातीकको बन्द सुचीमा परेकी मनकुमारी संविधानसभा भवनमा भने छिर्न पाइनन् । त्यसैले त डटेर होटलकै धन्दामा लागीन् । ‘तपाईंजस्तो महिला नेताले होटलमा केटी राखेर यौनधन्दा चलाउँदै ठग्न मिल्छ ?’ ‘मनकुमारीले आँत्तिदै भनिन् ती सबै मेरा बहिनीहरु हुन् ।’
कोही नयाँ मान्छे चिया कफी खान छिरे पनि मान्छे हेरेर दलालहरुले माथि लागि हाल्ने रहेछन् त्यस होटलमा । माथि लगेर लुटपाट पारेपछि पुलिस आयो भन्दै लखेट्दै कति सजिलै पैसा कमाउने आइडिया । रिसेप्सन अगाडी एक दुई जना केटा सँधै राख्ने गरेकी रहिछिन् मनकुमारीले, किनकी ग्राहकले खोई पुलिस भनेमा हातको ईशाराले बाहिर लैजाने अनि तिनै हुन ‘म हिजो पनि छापा मार्न आएको थिएँ, भनिरहेको सुन्नुभएन ?’ भन्ने पठाउने ।
स्रोत भन्छ दैनिक पचास जना ग्राहकबाट तीन हजारको दरले ठगेपनि एकलाख पचास हजार हुन्छ । तर त्यहाँ दैनिक एक सय ग्राहक त्यसैगरी लुटिने गरेका छन् । दलाली गर्ने निरज थापा भन्दै थिए ‘म यहाँ मेनेजरको काम गर्छु ।’ केहि वर्ष अगाडी त्यसैगरी ग्राहकको रुपमा आएका थापा पछि त्यहिँ यौन व्यवसायी महिला दलालीको काम गर्न थालेको मनकुमारीले बताईन् ।
मनकुमारीका श्रीमान् हामीलाई धम्कीको भाषामा भन्दै थिए ‘यहाँ मेरो एनजिओ पनि छ तपाईंलाई थाहा छ ?’ एनजिओको नाम लिएपछि पत्रकारहरु डराएर समाचार लेख्दैनन् भन्ने उनलाई लागेको रहेछ । हामी त्यहाँ बस्दाबस्दै दलालहरुसँग मनकुमारी कुरा गर्दै थिईन् ‘अब होटल बाहिर नयाँ बोर्ड झुण्डयाउनु पऱ्यो, यो धेरै पुरानो भो ।’ अनि सुशिल थप्दै थिए होटलको नाम अब ‘सुलभ’ राख्नुपर्छ । यसरी केही महिनाको अन्तरालमा उनीहरुले होटलको बोर्ड परिवर्तन गरेर ग्राहक लुट्ने धन्दालाई निरन्तरता दिईरहेका थिए । तिनै परिवर्तित नामका राम मानन्धर भन्दै थिए ‘पहिले म पुग्दा त्यो होटलको नाम अर्के थियो अहिले अर्कै बोर्ड राखिएको रहेछ ।’ स्रोतका अनुसार लुटपाट गर्न सजिलो होस् भनेर उनीहरु होटलको बोर्ड परिवर्तन गरिरहन्थे ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

अब देखि सेक्स खेलौना सरकारले नै बिक्रि गर्ने..

Written By Unknown on Monday, 17 November 2014 | 05:36

व्यापारीहरुले कर तिर्न सकेनन् भनेर सरकारले नै यौन खेलौना व्यापारीका सामान कब्जा गरी यौन खेलौनाको व्यापार सुरु गर्यो भने के होला ? साँच्ची सुन्दैमा अनौठो लाग्छ । हुँदै नहुने कुरा जस्तो लाग्छ । तर अमेरिकाको कन्सासमा सरकारले यौन खेलौनाका व्यापारीहरुबाट यौन खेलौना जफत गरेर बिक्रि सुरु गरेको छ ।

समाचार अनुसार कन्सास राज्य सरकारले राज्यको राजश्वमा वृद्धि गर्ने उद्धेश्यका साथ सेक्स टोयको अनलाइन बिक्रि सुरु गरेको हो । कन्सास राजश्व विभागले गएको जुलाइमा विभिन्न ५ वटा यौन खेलौना भण्डारबाट सामानहरु जफत गरेको थियो ।

युनाइटेड आउटलेट एलएलसीले बांग नामबाट संचालन गरेका ती यौनखेलौना भण्डारहरुलाई बिक्रि तथा मुनाफा कर बराबरको १ लाख ६३ हजार डलर बराबरको रकम नतिरेको आरोप लगाइएको थियो । त्यसरी जफत गरिएका पसलहरुमध्ये दुइवटा टोपेकामा तथा जंकसन, विचिटा र कन्सास सिटीमा एक एक वटा थिए ।


जफत गरिएको सेक्स टोयहरु पुनः ती पसलहरुलाई फिर्ता गरिएको छ ता की अब ती यौनखेलौनाको लिलामीबाट प्राप्त रकम तत्कालै सरकारलाई बुझाइनेछ । रिपब्लिकन पार्टीका गभर्नर साम ब्राउनब्याकको यस्तो कदमलाई विपक्षी डेमेक्र्याटिक पार्टीले भने खुबै खिसिट्युरी गरेको छ ।

विपक्षी नेता एन्थोनी हेन्स्लेले रिपब्लिकनको यस्तो कमदको आलोचना गर्दै भनेका छन्, ‘रिपब्लिकन सरकार राज्यको बजेट घाटाको ठूलो खाडल पुर्न अक्षम छ र अहिले पोर्न व्यवसायमा लागेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

अब काठमाडौँमा पनि निकट भविस्यमा नै मेट्रो रेल सञ्चालन हुने

Written By Unknown on Saturday, 15 November 2014 | 07:57

काठमाडौ - २९ कात्तिक, भारतको राजधानी नयाँ दिल्ली भ्रमणको क्रममा जाँदा होस् वा युरोपेली मुलुकको यात्रामा जाँदा मेट्रो रेल पक्कै चढ्नुभएको छ होला । त्यस्तै मेट्रो चढ्ने सपना आगामी केही वर्षभित्रै पूरा हुने भएको छ । सरल सहज एवम् सस्तो यात्राका लागि विदेशी मुलुकमा लोकप्रिय त्यसप्रकारको रेल सञ्जाल विस्तारका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको छ ।
kathmandu metro-rail
आधुनिक सहरको विशेषताका रूपमा पछिल्लो दिनमा मेट्रो रेलको विकास गर्ने र त्यसलाई सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ ।
विदेशी मुलुकमा विगत केही वर्षदेखि सञ्चालनमा आएको मेट्रो रेल हाम्रै मुलुकमा पनि आगामी केही वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ ।
काठमाडौँ उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल सञ्जालको विकास गर्न लागिएको बोर्डले जनाएको छ ।
राजधानीवासीलाई सरल र सहज रूपमा यात्रा गर्ने वातावरण बनाउने ध्येयका साथ निर्माण गरिने रेल सञ्जालको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।
काठमाडौँ उपत्यकाका तीनवटै सहरलाई मेट्रो सञ्जालमा जोड्ने र भरपर्दो यातायात सुविधा दिने लक्ष्य राखिएको छ ।
यस्तै चक्रपथभित्र चारवटा रेडियल लाइनका आधारमा रेल सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ ।
हाल अध्ययन भइरहेको कलङ्की सिनामङ्गलको दूरी ९.३ किलोमिटर, कोटेश्वर गोङ्गबु ९.४ किलोमिटर, सातदोबाटो नारायणगोपाल चोक ११.५ किलोमिटर र बल्खु चाबहिल ८.४ किलोमिटर हुने देखिएको छ ।
चक्रपथबाहेकको अन्य चारवटै सञ्जालको केन्द्रबिन्दु भने जमललाई बनाइने छ ।
सकेसम्म काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै रेल सञ्जालमा जोड्ने गरी अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको काम कोरियाली कम्पनी चुङसुक इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरदेखि गरिरहेको छ ।
काठमाडौँ मेट्रो नाम दिइएको उक्त रेल सञ्जाल आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ ।
व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले काठमाडौँ उपत्यकाभित्रको प्रदूषण न्यूनीकरणका लागि मेट्रो अत्यावश्यक रहेको बताउनुभएको थियो ।
उहाँले काठमाडौँमा बढ्दो जनसङ्ख्याको चापलाई थेग्न र वातावरण प्रदूषण रोक्ने उत्तम विकल्पका रूपमा भूमिगत मेट्रो उत्तम हुने र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको थियो ।
अनुमानित लागत रु पाँच खर्ब ४७ अर्ब लाग्ने मेट्रो निर्माणका लागि विभिन्न विदेशी निर्माणकर्ताले चासो देखाएको छ ।
हाल उक्त परियोजनाका सम्बन्धमा स्वदेशी लगानीकर्ताको समूह मेट्रो नेपाल प्रालिसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश गर्ने विषयका बारेमा छलफल भइरहेको छ ।

सबै अध्ययन प्रक्रिया सम्पन्न गरेर लगानी जुटाउनका लागि बोर्ड लागिपर्ने कार्यकारी अधिकृत पन्तको भनाइ छ । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गाउँको ‘भर्जिनिटी’ यसरी जोगाए


 गोरखाबजार : अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गोरखाको पर्यटकीय गाउँ बारपाकका स्थानीयले गाउँको मौलिकता जोगाउनका लागि गाउँको घडेरी बिक्री नगर्ने निर्णय गरेका छन्।  गाउँको ‘भर्जिनिटी’ जोगाएर विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँमा आकर्षण गर्न घडेरी किनबेच रोक्ने निर्णय गरिएको स्थानीय बासिन्दा जीतबहादुर घलेले दिए।

“यहाँको मौलिक भाषा, संस्कृति,  परम्परा, भेषभूषा,  हराउँदै गएको जस्तो गाउँलेलाई लाग्यो” घलेले भने, “अन्य भाषा, संस्कृति मान्दै आएकाहरुले गाउँमा घडेरी किने, घर बनाए । हाम्रो संस्कार लोप हुने अवस्था देखेपछि घडेरी किनबेच बन्द गर्ने निर्णय गरेका हौँ ।” बारपाकमा घडेरी किनेर पक्की घर बनेपछि गाउँ कुरुप देखिएको गाउँलेको भनाइ छ । गाउँलेले २०६५ सालको गाउँ परिषद्मा घडेरी किनबेच गर्न नपाउने निर्णय गरेका थिए।

वारपाकको ४, ५, ६, ७, ८ र ९ मा एक हजार ३०० घरधुरीको बसोवास छ। यो एउटै गाउँ हो । यहाँ गुरुङ र घलेको संस्कृति अवलोकन गर्न पाइन्छ । यहाँको होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट भएको थियो । “पर्यटकको चाप बढेपछि सहरका पर्यटन व्यवसायीले घडेरी किन्ने क्रम बढ्यो” घलेले भने, “होटलहरु खुलेपछि गाउँको मौलिक संस्कृति हराएर जान्छ । होमस्टेको व्यापार पनि घट्छ ।” बारपाकको ५० भन्दा बढी घरमा पर्यटकका लागि सुविधा सम्पन्न होमस्टे छ ।

स्थानीय बासिन्दा सुकबहादुर विश्वकर्माका अनुसार घडेरी किन्नका लागि गोरखा बजार, काठमाडौँ, पोखरादेखिका व्यापारीहरु पुगेका छन् । “सानो घडेरी त मिलाइदिनुस् भन्दै दिनहुँजसो सहरका मानिस आउँछन्” उनले भने, “बिक्री गर्न हामीसँग घडेरी छैन भनेर फर्काइदिने गरेका छौँ।” छ वर्षअघि बारपाकमा एक हात जमिनको रु एक लाखमा किनबेच भएको थियो । त्यसयता घडेरी किनबेच ठप्प छ । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

काठमाडौं मल खाली गराउन सञ्चयकोषद्वारा निर्देशन

Written By Unknown on Thursday, 30 October 2014 | 16:21

ठमाडौं,कात्तिक १३ – कर्मचारी सञ्चय कोषले बक्यौता भाडा तथा एक वर्षको भाडा जमानत पेस नगरेको भन्दै सुन्धारामा रहेको काठमाडौं मललाई खाली गर्न निर्देशन दिएको छ ।
कोषले भवनको करार सम्झौता तर करार सम्झौता गरेका राणाले कोषको निर्देशन वेवास्ता गर्दै बक्यौता तथा जमानत रकम नबुझाएपछि कोषले भवन खाली गर्न निर्देशन दिएको हो । कोष र राणाबीच २०६२ भदौ १ गते भवन भाडामा लिने सम्बन्धमा करार सम्झौता भएको थियो । सूचना प्रकाशित भएको मिति अर्थात् बुधबारदेखि करार सम्झौता औपचारिक रुपमा भंग भएकाले करार सम्झौताको दफा १० बमोजिम एक महिनाभित्र सो अबधिसम्मको भाडा चुक्ता गर्न कोषले राणालाई निर्देशन दिएको छ । कोषले मल भएको पूरै भवन खाली गराई पूर्ववत तरिकाले कोषलाई हस्तान्तरण गर्न पनि राणालाई निर्देशन दिएको छ । आजको आर्थिक दैनिकमा खबर छ ।
गरेका प्रविण शम्सेर राणा तथा मलमा व्यवसाय गरिरहेका व्यवासायीका नाममा सूचना प्रकाशित गरी भवन खाली गर्न निर्देशन दिएको हो । कोषले यसअघि पटकपटक सूचना प्रकाशित गरी मलको बाँकी बक्यौता तथा एक वर्ष बराबरको भाडा रकम जमानत पेस गर्न निर्देशन दिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf