Headlines News :
Home » » अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गाउँको ‘भर्जिनिटी’ यसरी जोगाए

अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गाउँको ‘भर्जिनिटी’ यसरी जोगाए

Written By Unknown on Saturday 15 November 2014 | 05:00

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

 गोरखाबजार : अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गोरखाको पर्यटकीय गाउँ बारपाकका स्थानीयले गाउँको मौलिकता जोगाउनका लागि गाउँको घडेरी बिक्री नगर्ने निर्णय गरेका छन्।  गाउँको ‘भर्जिनिटी’ जोगाएर विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँमा आकर्षण गर्न घडेरी किनबेच रोक्ने निर्णय गरिएको स्थानीय बासिन्दा जीतबहादुर घलेले दिए।

“यहाँको मौलिक भाषा, संस्कृति,  परम्परा, भेषभूषा,  हराउँदै गएको जस्तो गाउँलेलाई लाग्यो” घलेले भने, “अन्य भाषा, संस्कृति मान्दै आएकाहरुले गाउँमा घडेरी किने, घर बनाए । हाम्रो संस्कार लोप हुने अवस्था देखेपछि घडेरी किनबेच बन्द गर्ने निर्णय गरेका हौँ ।” बारपाकमा घडेरी किनेर पक्की घर बनेपछि गाउँ कुरुप देखिएको गाउँलेको भनाइ छ । गाउँलेले २०६५ सालको गाउँ परिषद्मा घडेरी किनबेच गर्न नपाउने निर्णय गरेका थिए।

वारपाकको ४, ५, ६, ७, ८ र ९ मा एक हजार ३०० घरधुरीको बसोवास छ। यो एउटै गाउँ हो । यहाँ गुरुङ र घलेको संस्कृति अवलोकन गर्न पाइन्छ । यहाँको होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट भएको थियो । “पर्यटकको चाप बढेपछि सहरका पर्यटन व्यवसायीले घडेरी किन्ने क्रम बढ्यो” घलेले भने, “होटलहरु खुलेपछि गाउँको मौलिक संस्कृति हराएर जान्छ । होमस्टेको व्यापार पनि घट्छ ।” बारपाकको ५० भन्दा बढी घरमा पर्यटकका लागि सुविधा सम्पन्न होमस्टे छ ।

स्थानीय बासिन्दा सुकबहादुर विश्वकर्माका अनुसार घडेरी किन्नका लागि गोरखा बजार, काठमाडौँ, पोखरादेखिका व्यापारीहरु पुगेका छन् । “सानो घडेरी त मिलाइदिनुस् भन्दै दिनहुँजसो सहरका मानिस आउँछन्” उनले भने, “बिक्री गर्न हामीसँग घडेरी छैन भनेर फर्काइदिने गरेका छौँ।” छ वर्षअघि बारपाकमा एक हात जमिनको रु एक लाखमा किनबेच भएको थियो । त्यसयता घडेरी किनबेच ठप्प छ । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf