Headlines News :
Home » » Hindu Nations Mission obstructing the hand harvested: Khum

Hindu Nations Mission obstructing the hand harvested: Khum

Written By Unknown on Saturday 13 December 2014 | 16:07

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
झापा : हिन्दु राष्ट्र स्थापना अभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले सनातन हिन्दु राष्ट्र स्थापनाको अभियानमा अवरोध गर्नेहरूको हात काटिदिने चेतावनी दिएका छन्। झापाको दमकमा शनिबार अभियान सुरुआत गर्दै खड्काले अभियानका क्रममा जस्तोसुकै आक्रमण भए पनि त्यसको सामना गर्ने क्षमता अभियानका कार्यकर्तासँग रहेको दाबी गरे।

ढुक्क भएर हिन्दु राष्ट्र स्थापनाको अभियानमा लाग्न सर्वसाधारणलाई अनुरोध गर्दै उनले भने, 'तपाईंहरू ढुक्क भएर यो अभियानमा लाग्नुस्। हामीसँग जस्तोसुकै चुनौती सामना गर्ने शक्ति छ। कसैले आक्रमण गर्न खोजे त्यसको हातसमेत काटिदिन सक्छौं।' उनले ९४ प्रतिशत ओमकार परिवारका मानिस बसोबास गर्ने नेपालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर ठूलो गल्ती भएको दाबी गरे। खड्काले पहिलो संविधानसभाले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर गरेको गल्ती दोस्रो संविधानसभाले सच्याउनुपर्ने बताए।

दोस्रो संविधानसभाले सच्याउन नसके जनतासमक्ष जानुपर्ने उनको भनाइ थियो। उनले भने, 'दोस्रो संविधानसभाले कुनै पनि हालतमा सनातन हिन्दु राष्ट्र कायम गर्न सक्नुपर्छ। नभए जनतालाई छाडिदिनुपर्छ।' जनतासमक्ष जाने आँट दलहरूले नगरे आन्दोलनबाट हिन्दु राष्ट्र कायम गरेर देखाइदिने चेतावनी उनले दिए।

तत्कालीन हतियारधारी माओवादीसँग १२ बुँदे समझदारी गरेर दलहरूले गम्भीर गल्ती गरेको उनले बताए। उनले सोही बेलादेखि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग आफ्नो विवाद सुरु भएको बताए। '१२ बुँदे समझदारीपछि देशमा जातीय द्वन्द्व मात्रै चुलियो। पहाडबाट मधेसीलाई धपाउने र मधेसबाट पहाडेलाई धपाउने काममात्र भयो', उनले भने। विगतमा कांग्रेस नेतृत्वले धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सहयोग गर्नुमा गम्भीर त्रुटि भएको बताउँदै खड्काले आफ्नो अभियानले त्रुटि सच्याउने दाबी गरे। पशुपतिनाथ, फाल्गुनन्द, पाथिभरा, स्वर्गद्वारीलगायत पवित्र तीर्थस्थल रहेको देशमा प्रलोभन देखाएर धर्म परिवर्तन गराउने कुरा आपत्तिजनक भएको उनले बताए।

कांग्रेसका युवा नेता मोहम्मद नक्की खाँले अधिकांश हिन्दुको बसोबास रहेकाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेस नेता तारानाथ रानाभाट, सुवर्ण जुहारचन थकाली, कुमार रेग्मीलगायतले बोलेका थिए।
- See more at: http://annapurnapost.com/News.aspx/story/4066#sthash.n2LJwGsn.xVUm7WLu.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf