Headlines News :
Home » » महजोडीलाई अमेरिकामा ‘जातीय झमेला’

महजोडीलाई अमेरिकामा ‘जातीय झमेला’

Written By Unknown on Tuesday, 21 October 2014 | 18:41

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 काठमाडौं, कात्तिक- अमेरिकाका बिभिन्न शहरमा महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा आदिवासी जनजाति महासंघका प्रतिनिधिले अवरोध सिर्जना गरेपछि उनीहरुले तयार पारेको कागजमा सही गरेर मात्र महजात्रा देखाउनुपरेको खुलासा भ

सबै नेपाली समुदायले सम्मान गर्ने कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनजाति महासंघका अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ ।

महजात्रामा संघीयता बिरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए ।

गत शुक्रवार र आइतवार न्यूयोर्कमा भएको महजात्राको आयोजना रिजउड नेपाली समाजले गरेको थियो । ‘जनजातिका नाममा राजनीति गर्ने केही व्यक्तिले सिंगो नेपाली समाजले सम्मान गर्ने मह जोडीको अपमान गर्न खोजे,’ स्रोतले भन्यो ।

जनजाति महासंघ अमेरिका शाखाका प्रथम उपाध्यक्ष मणी वाङदेल राई र महासचिव मानवहादुर रानासँग मह जोडीले वार्ता गरेर मध्यरातमा उनीहरुले तयार पारेको कागजमा हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए ।

जसमा संघीयता र पहिचानको विषयमा कुनै पनि व्यंग्य गर्न नपाईने शर्त उनीहरुले राखेको स्रोतले जनाएको छ ।

महजात्रामा प्रस्तुत प्रहसनहरुमध्ये नेवार बहादुर, बाहुन बहादुर र मडनको फोटो स्टुडियो नामका दुई कार्यक्रममा जनजाति नेताहरुले आपत्ति जनाएका थिए ।
एको छ


‘महजोडीको अपमान’

‘यी हास्यव्यंग्य प्रस्तुतीहरुमा भरपुर मनोरन्जन सँगसँगै नेपालको राष्ट्रिय एकता, जातीय सद्भाव, सबै भाषाभाषी धर्म संस्कृतिले गौरव गर्ने र सबैको पहिचान झल्कने संघीयता गणन्त्र र लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्ने सन्देश रहनेछ’ हरिवंशले हस्ताक्षर गरेको कागजमा भनिएको छ ।

आयोजक पक्षले भने महजोडीका कुनै पनि प्रस्तुतिमा जातीय क्षेत्रीय कुरा नभए पनि जनजाति महासंघका पदाधिकारीले आफ्नो दादागिरी देखाउन सम्मानित कलाकारलाई अपमानित गर्न खोजेको आरोप लगाएका छन् ।

अमेरिका जस्तो विश्वको सम्बृद्ध मुलुकमा आफ्नै देशका दाजुभाइले जातीय संकिर्णता देखाएको भन्दै कागज गरेपछि मह जोडीले स्थानीय नेपाली समुदायसँग चित्त दुःखाएका थिए ।

उनीहरुले नेपालमा अहिले भएको परिवर्तनको आन्दोलनमा आफूहरुले अग्रमोर्चामा रहेर सहभागिता जनाएको स्मरण गराएका थिए ।

महजोडीले यसअघि अमेरिकाका १४ शहरमा यिनै कार्यक्रम देखाएका थिए । न्यूयोर्कमा केही उग्र जातिवादी व्यक्तिहरुले यसअघि पनि नेपालबाट गएका नेतालाई कालोझण्डा देखाउने हर्कत गरेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf