Headlines News :
Home » » कर्मचारीलाई तिहार बोनसः ४९१ लाई कार, २२५ लाई घर र ५ सयलाई गरगहना -

कर्मचारीलाई तिहार बोनसः ४९१ लाई कार, २२५ लाई घर र ५ सयलाई गरगहना -

Written By Unknown on Tuesday, 21 October 2014 | 18:48

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
ठूला चाडपर्वका अबसरमा आफ्ना कर्मचारीलाई उपहार दिनु अनौठो हैन् । तर, कुनै कम्पनीले एकैपटक १२ सय कर्मचारीलाई कार, घर र गहना जस्ता महंगा र बिलाशी उपहार दिन्छ भन्दा पत्याउन कठिन पर्छ ।
भारतको गुजरातस्थित एक डायमण्ड कम्पनिले आ
फ्ना कर्मचारीहरुलाई तिहारको उपलक्ष्यमा यस्तै बहुमूल्य उपहार दिएर बिश्वको ध्यान तानिदिएको छ ।
सुरतमा रहेको हरेकृष्ण एक्सपोर्ट कम्पनीले आफ्ना ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई महंगा गहना र २ सय कर्मचारीलाई फ्ल्याट उपहार दिएको छ ।
कम्पनिका मालिक तथा हिरा व्यवसायी सबुभाइ ढोलाकियाले कर्मचारीहरुको योगदानले कम्पनिले लक्ष्य अनुसारको व्यापार गर्न सफल भएको खुसीमा तिहारको उपहार दिएको बताए ।
उनले दि इकोनोमिक टाइम्ससँग भने- ‘बिगत ५ बर्षको अबधिमा कडा परिश्रम गरेका र कम्पनीप्रति बफादारिता देखाएका कर्मचारीलाई हामीले यो उपहार दिएका हौं ।’
सन् १९९१ मा सुरु भएको उनको कम्पनीमा करिव ६ हजार कर्मचारी कार्यरत छन् । त्यसमध्ये परिश्रमि र बफादार १२ सयलाई यो बर्ष उपहारका लागि छनौट गरिएको छ । यसरी उपहार पाउनेहरु कम्पनीभित्र सरसफाईको काम गर्ने सामान्य मजदुरसमेत छन् ।
‘म समाजबादी हैन, ब्यपारी हुँ’ ५० बषिर्य ढोलकियाले भने- मैले जे गरिरहेको छु त्यो सोसियल बिजनेस हो । तर, म चिन्दै नचिनेका मान्छेलाई च्यारिटीका नाममा दान दिएर खुसी पार्न चाहान्न, म उनीहरुलाई खुसी पार्छु जसले मेरो कम्पनीका लागि दुःख गरेका छन, जसले नाफा कमाइदिए उनीहरुलाई नाफा बाँड्न चाहान्छु ।’
सुरुमा कम्पनीले सवै कर्मचारीका लागि ४-४ लाख रुपैयाँको बजेट छुट्टाएको थियो । सो रकम बराबरको गाडी, गहना वा फ्ल्याट किन्ने छनौट कर्मचारीलाई दिइएको थियो । उनीहरुकै छनौटअनुसार उपहार दिइएको ढोलकियाले बताए ।
तिहारको उपहार वितरणको लागि सो कम्पनिले ५० करोड रुपैयाँ खर्च गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf