कार्तिक ९- सिरहा – आफ्नै काकीको हत्या गरेको अभियोगमा पक्राउ परेका भतिजालाई आइतबार पत्रकार सम्मेलन गरी मिर्चैया प्रहरीले सार्बजनिक गरेको छ । आसोपुर बल्कवा ९ स्थित सहिदुल खानको उखुवारीमा स्थानिय अरुण सदाको ३५ बर्षीय श्रीमती गीतादेवी सदालाई हत्या गरेको अभियोगमा परेका युवकलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा आसोपुर बल्कवा ९ बस्ने देवु सदाका २६ बर्षीय छोरा राम उद्गार सदा रहेका छन् ।उनले आफ्नै काकी गितादेवीलाई असोज २९ गते बेलुकी उखुबारीमा लगी गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । हत्या पछि राम उदगार सोही दिन विदेश जाने भन्दै काठमाडौ भागेका थिए । गोप्य सुचनाको अधारमा प्रहरीलाई निजलाई काठमाडौंबाट घर फर्कने क्रममा कार्तिक ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए । पक्राउ परेका राम उदगार अनुसन्धानको क्रममा आफु गीतादेबीलाई गरेको स्वीकारेको प्रहरीले जना एको छ ।
अरुण विदेशमा रहेको समय काकी गितादेवी र भतिज राम उद्गार बीच अनैतिक सम्बन्ध रहेकोले अरुण बिदेशबाट घर आएपछि आफुहरुको अनैतिक सम्बन्ध कायम रहेको सम्बन्धमा थाहा हुने डरले राम उदगार गीताको फकाई उखुवारीमा लगी शारीरिक सम्पर्क गरी त्यसपश्चात घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका राम उदगारमाथि मुलुकी ऐन ज्यान सम्बन्धी महलको कत्र्तब्यपछि हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान तथा कार्वाही अगाडी बढाईएको निरिक्षक खतिबडाले जानकारी दिए ।

width="640">
0 comments:
Speak up your mind
Tell us what you're thinking... !