Headlines News :
Home » » अमेरिकी विदेश मन्त्रीले पनि मनाए दीपावली

अमेरिकी विदेश मन्त्रीले पनि मनाए दीपावली

Written By Unknown on Sunday, 26 October 2014 | 06:30

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
एजेन्सी, वासिङ्टन : अमेरिकी विदेशमन्त्री जोन केरीले पनि अमेरिकामा हिन्दूहरुको महान चाड दिपावली मनाएका छन् ।

उनले बिहीबार अमेरिकी विदेश मन्त्रालयमा दिपावली गरेर हिन्दूहरुको चाड दिपावली मनाउनुभएको समाचारमा जनाइएको छ ।

उज्यालोको चाड दिपावली भारतका हिन्दु नागरिकले गत तीन दिनदेखि मनाइरहेका छन् । यो चाड अमेरिकी विदेशमन्त्रीले पनि विदेश मन्त्रालयमा बिहीबार मनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

दर्जनौँ मैनबत्तीको उज्यालोमा सजिएको विदेश मन्त्रालयको बेन्जामिन फ्र्याङ्कलिन हलमा विदेशमन्त्री केरीले भन्नुभयो– दिपावली उज्यालोको चाड हो र यसले मानवमात्रलाई उज्यालो जीवनका लागि प्रेरित गर्ने गर्दछ ।

दिपावलीको उज्यालोले अध्यारोलाई विस्थापित गरेजस्तै मानवको अन्तरमनमा रहेको उज्यालोले पनि अध्यारोलाई विस्थापित गर्नसक्ने धारणा उनले बताए ।

मानिसको दिमाग र उत्साहलाई पुनर्ताजगी गर्ने काम यस दिपावलीको उज्यालोले गर्नसक्छ भन्दै उहाँले अगाडि भने– दिपावलीको उज्यालोजस्तै हामी मानवमा पनि एक मानव अर्काेका लागि कसरी उज्यालो बन्न सक्छौँ भनेर सोच्नुपर्छ ।

विश्वमा यतिखेर पनि हिंसा र द्वन्द्व विद्यमान नै छ भन्दै तर त्यो हिंसाको अन्त्यका लागि कसरी दिपावलीको उज्यालोजस्तै प्रकास छर्नसक्छौं भनेर सबैलाई सोच्न पनि उहाँले आग्रह गरे ।

जसरी अध्यारोले अध्यारो हटाउन सक्दैन र त्यहाँ उज्यालोको आवश्यकता पर्दछ त्यसैगरी घृणाले पनि घृणा हटाउन सक्दैन त्यहाँ माया र प्रेम चाहिन्छ भन्ने मार्टिन लुथर किङको भनाईलाई उनले सो अवसरमा उद्धृत गरे ।

उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि एक भिडियो सन्देश पठाउदै उज्यालोको यस पर्वले सबैमा उज्यालो छर्न सकोस भनी कामना गरे ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf