Headlines News :
Home » » यी हुन् १०० भन्दा बडी ब्यक्तीको पाँच करोड ठगेर फरार बाग्लुङकी बहादुर महिला

यी हुन् १०० भन्दा बडी ब्यक्तीको पाँच करोड ठगेर फरार बाग्लुङकी बहादुर महिला

Written By Unknown on Friday, 7 November 2014 | 16:23

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
समाजमा ठगिने व्यक्ति भएसम्म ठग्ने व्यक्तिको कमि हुँदैन भन्ने नेपाली उखानले अहिले पनि राम्रो बजार पाएको छ । बागलुङ नगरपालिका वडा नं. ४ माझकोट टोलमा सामान्य कस्मेटिक पसल संचालन गर्दै आएकी अस्मिता खड्काले बढी ब्याज दिने भनि बागलुङ बजारका व्यवसायी देखि सर्वसाधारण संग ५ करोड भन्दा बढी रकम लिएर फरार भएकी छन् ।

बैंक सहकारी र अन्य व्यक्तिले भन्दा बढी सयकडा ३०, देखि ४० प्रतिशत सम्म ब्याज दिने भन्दै अस्मिताले एउटै व्यक्तिसंग १० लाखदेखि बढीमा ७५ लाखसम्म लिएको चर्चाले बागलुङ बजार तताएको छ । बैंक, सहकारी र अन्यत्र भन्दा दोब्बर तेब्बर ब्याज पाउने लोभमा बागलुङका सय भन्दा बढी व्यक्तिसंग उनले ५ करोड भन्दा बढी ठगी गरि एक सातादेखि फरार भए पछि उनलाई रकम दिने व्यक्तिहरु इन्तु न चिन्तु हुन पुगेका छन् ।

एउटै व्यक्ति लाखौं रुपैया ठगिदा समेत अहिलेसम्म आफूहरु अस्मिता खड्कासंग ठगिएको भनि लिखित, मौखिक उजुरी भने प्रहरी प्रशासन कार्यालयमा नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । ठगिने व्यक्तिहरु अधिकांश महिला बागलुङ बजार ठूला घराना व्यापारी क्याम्पसका उपप्राध्यापक, बैंक तथा वित्तिय संस्थाका प्रमुख समेत रहेको कुरा खुल्दै आएको छ ।
अहिले ५ करोड भन्दा बढी रकम लिएर फरार हुने अस्मिताले शुरु शुरुमा, आफूले तिर्नु पर्ने ऋणको ब्याज राम्रोसंग बुझाएको कारणले पनि बढी ब्याज खानेको लागि आफूले खाइ नखाई जम्मा गरेको रकम दिए पछि उनी मोटो रकम लिएर फरार भएका छन् । अस्मिताबाट बागलुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष शिवकुमार प्रधानकी श्रीमती कमला प्रधान, बागलुङ बजारका व्यवसायी युगेन्द्र श्रेष्ठ लगायतका एक सय भन्दा बढी व्यक्ति रहेको अनुमान गरिएको छ ।

उनले रकम लिएका साहुहरुलाई विदेशबाट श्रीमानले पठाइदिएको भन्दै मोवाइल ल्यापटप कुर्ता सुलवार लगायत महंगो मुल्य पर्ने सामान उपहार दिएर प्रभाव पार्ने गरेको पीडितहरुले गुनासो गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf