Headlines News :
Home » » निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या

निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या

Written By Unknown on Thursday, 6 November 2014 | 14:58

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

काठमाडौ, कार्तिक २० – चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ धापासीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 नेम्वाङको तेस्रो चलचित्र ‘अझै पनि’ रिलिज हुने तयारीमा रहेको थियो ।

दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङले सानो संसार र कोही मेरो चलचित्रको निर्देशन गरेका थिए । उनी अविवाहित थिए ।

सञ्जय दत्तलाई हेर्ने भन्दै कक्षा आठमा पढ्दा पढ्दै मुम्बई भागेका नेम्बाङ पछि गएर नेपालका चर्चित म्युजिक भिडियो र चलचित्र निर्देशक बने । नेपाली सिनेमा नयाँ युगको सुरुवात गर्ने नेम्बाङले आफ्नो करियरको शुरुवात इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा गरेका थिए ।

नबिन के भट्टराईको लाखौं पटकबाट उनी नेपाली संगीत क्षेत्रमा म्युजिक भिडियो निर्देशकको रुपमा प्रवेश गरेका हुन् । नबिर्से तिमीलाई, नपाएँ तिमीलाई, पूरानो हुँदैन माया, डुब्न देउ लगाउत चर्चित भिडियो निर्देशन गरेका नेम्बाङ अब सदाका लागि बिदा भएका छन् ।

 उनको आत्महत्याको कारणबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
गत साता नेम्वाङसँग शुक्रबार साप्ताहिककी सजना बरालले अन्तरंग कुराकानी गरेकी थिइन्। त्यसमा उनले आफू एक्लै बस्न रुचाउने व्यक्ति भएको बताएका थिए। पढ्नुहोस् अन्तर्वार्ता विस्तृतमाः

 घर सर्नु भएछ...
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।

घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?
कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।

सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त 'मी टाइम' धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा'छ।

 जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।

मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।

मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। 'कहाँ गएर आएको? किन गएको?' यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत 'तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्' भन्नुहुन्छ।
किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।

आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। 'ओ माई गड तँ त...' भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।
सबैसँग टाइम–पासमात्रै गर्नुभयो...
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।

 यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। 'अझै पनि' सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ।

फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।

प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?

यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।

 तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।

म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?

कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा 'अझै पनि' को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf