Headlines News :
Home » » कस्तो अचंम्ब ! सात वर्षकी बालिकाको मुखमा २०२ वटा दाँत ?

कस्तो अचंम्ब ! सात वर्षकी बालिकाको मुखमा २०२ वटा दाँत ?

Written By Unknown on Wednesday, 29 October 2014 | 17:03

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

(एजेन्सी)- एक वयस्क मानिसको मुखमा त ३२ वटा दाँत हुन्छ भने सात वर्षकी बालिकाको कसरी २०२ वटा दाँत हुन्छ भनेर सबैले यो समाचारलाई मनगढन्ते भनेर सोच्दै हुनुहुन्छ होला । यस्तै अपत्यारिलो भएका कारण नै त यसलाई रोचक समाचार नामांकरण गरिएको छ । हेडलाइन पढेर विश्वास गर्नुभएको छैन भने सबै समाचार पुरा पढेर विश्वास गर्नुहोस् ।

भारतको गुड्गाउँमा होटल व्यवसायी गरेर बस्ने एक व्यवसायीले आफ्नी सात वर्षकी छोरीको सुन्निएको गिजा र मुखभित्रको पिडाको समस्या देखाउँदै एक डेन्टल हस्पिटलमा उपचारको लागि गए ।

अखिल भारतीय आयुर्वेदिक संस्थान (एम्स)का डाक्टरहरुले उपचारको क्रममा ती बालिकाको दाँतको एक्स–रे गरे । एक्स– रे को रिपोर्ट देखेर उपचारमा संलग्न डाक्टरहरु पनि चकित भए । उनको गिजाभित्र २०२ वटा साना–साना दाँतहरु पाइयो । कम्पाउन्ड अडोनटोम नामक बिरामीका कारण उनको मुखभित्र डेन्टल टिस्यु ट्युमर असामान्य रुपमा विकसित भइरहेकाका कारण उनको गिजाभरि दाँतजस्तो ढाँचा पलाएको थियो ।

उपचारमा संलग्न एम्सका डाक्टर अजय राय चौधरी भन्छन्, ‘यस्तो प्रकारको बिरामीमा हामीले केहि असामान्य दाँत पाउने गर्दछौँ । तर सात वर्षको बालिकाको मुखमा २०२ वटा दाँत हुनु सामान्य कुरा भने होइन ।’

दुई घण्टाको शल्यक्रियापछि मात्र उनको मुखबाट अनावश्यक साना–साना दाँतहरु निकाल्न सफल भएको चौधरीले जानकारी दिए । शल्यक्रिया पछि बालिकाको अवस्थामा सामान्य रहेकोसमेत उनले जानकारी दिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf