Headlines News :
Home » » महिनावारी भएका महिलालाई हिड्ने बाटोसमेत अलगै

महिनावारी भएका महिलालाई हिड्ने बाटोसमेत अलगै

Written By Unknown on Monday, 20 October 2014 | 05:54

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
महिनावारी भएका महिलालाई हिड्ने बाटोसमेत अलगै
बाजुरा: बाजुरामा छाउपडी प्रथाले गहिरो जरो गाडेको छ । छाउपडीलाई पाँच दिनसम्म छुट्टै गोठमा राख्नु, सात दिनसम्म पानीसमेत छुन नदिनु, गोरस खान नदिनु, घ्यू खान नदिनु त सामान्य नै भए पनि छाउपडी हिँड्ने बाटोसमेत अलग्गै बनाइएको थाहा भएको छ ।

बाजुराको जुकोट गाविसमा यस्तै भएको छ । जुकोट गाविसमा ढोगगर्नाको बाटोमा महिनावारी भएका बेला हिँड्न नमिल्ने भन्दै लक्षित वर्गका लागि छुट्याइएको बजेटले छाउपडी हिँड्ने बाटो निर्माण गरिएको हो ।

बाजुराको जुकोट गाविसमा लक्षित वर्गका लागि छुट्याइएको बजेट छाउपडीका लागि छुट्टै हिँड्ने बाटो र शौचालयको प्यान किन्न प्रयोग भएको बताइएको छ ।

 गाविसमा जाने बजेटमध्ये लक्षित वर्गका लागि अनिवार्य छुट्याइनुपर्ने १० प्रतिशत बजेटले उनीहरूको सामाजिक विकासका कार्यक्रममा खर्च नगरी जुकोट गाविसकै मिलेमतोमा छाउपडी हिँड्ने बाटो बनाउन प्रयोग भएको हो ।

जुकोट गाविसमा रहेको कुलाडिल कालाऋषिको मन्दिर नजिकको ढोगगर्नामा छाउ भएका महिलाले हिँड्न नमिल्ने भएकाले महिलाकै भनाइअनुसार अर्को बाटो बनाउन प्रयोग गरिएको जुकोट गाविसका लेखा सहायक करवीर शाहीले बताए । 

गाविसले छुट्याएको उक्त रकम छाउपडी हिँड्ने बाटो बनेको र महिला मञ्चका लागि छुट्याइएको रकम स्वास्थ्य चौकीमा प्रसूति सामग्री खरिद गर्न र शौचालयको प्यान किन्न प्रयोग गरिएको पाइएको छ । लक्षित वर्गका लागि सङ्घसंस्थाले छुट्याउने बजेटमा पनि तोकिएको कार्यक्रमभन्दा छुट्टै प्रयोग गरी बिल मिलाएर पास गर्ने गरेको स्थानीय गोविन्द जैसीको गुनासो छ ।

महिलालाई सिलाइकटाइका लागि छुट्याइएको रकमले शौचालयको प्यान र स्वास्थ्य चौकीमा सामान किन्न दिएपछि कसरी क्षमता विकासका काम गर्न सकिन्छ भन्नेमा केही महिला भने चिन्तित देखिन्छन् । तर गाउँघरमा महिलाले महिलालाई पर्ने समस्या जुन सामाजिक कुसंस्कारका रुपमा रहेको छ त्यसैमा प्रयोग भइरहेको छ ।

जुकोट गाविस प्रतिनिधि पात्र मात्र भए पनि जिल्लाका अधिकांश गाविसमा लक्षित वर्गका लागि गएको बजेट सही ठाउँमा प्रयोग भइरहेको छैन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf