Headlines News :
Home » » यौन व्यवसायको पनि तालिम दिइरहेको भिडियो बाहिर आयो (भिडियो)

यौन व्यवसायको पनि तालिम दिइरहेको भिडियो बाहिर आयो (भिडियो)

Written By Unknown on Sunday, 26 October 2014 | 06:41

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
एजेन्सी । हिजोआज चीनको एउटा भिडियो इन्टरनेटमा भाइरस जस्तै फैलिरहेको छ । यो भिडियोमा केही चिनियाँ युवतीहरुलाई उनीहरुको ‘सेवा’ सुधार्न प्रोस्टिच्युसन कोर्स (वेश्यावृत्तिसम्बन्धी तालिम) दिइरहेको देखाइएको छ । करिब दुई मिनेटको यो भिडियो क्लिपमा कालो रंगको प्रोफेसनल सुट र सेतो सर्ट लगाएकी एक जना इन्स्ट्रक्टरले सहभागी युवतीहरुलाई आफ्नो व्यवसाय बढाउन सामाजिक सञ्जालको प्रयोग गर्न सुझाएकी छन् ।

‘चाइनिज ट्विटर प्रयोग गरेर तपाईं धनी ग्राहक पाउन सक्नु हुन्छ । यति मात्र होइन तपाईं बेकारका ग्राहकबाट पिछा छोडाउन समेत सक्नु हुन्छ ।’ उनले भनेकी छन् । इन्टरनेटमा चुहावट भएको भनिएको यो भिडियोमा तालिम दिने युवतीले केही प्राक्टिकल टिप्स पनि दिइरहेकी छन् । उनका अनुसार यो टिप्सबाट ती युवतीले आफ्ना ग्राहकको संख्या बढाउनुका साथै धेरै पैसा पनि कमाउन सक्ने बताएकी छन् । यसमा करिब एक दर्जन युवतीलाई एउटा सानो कक्षा कोठामा उच्च घरानाका ग्राहक फसाउने टिप्सहरु सुनिरहेको देखाइएको छ ।
यो भिडियोको आधिकारिकता भने हालसम्म पुष्टी भएको छैन । तर युकु, सोही र युट्युब जस्ता भिडियो सेयरिङ साइट्मा यो तीव्र गतिमा फैलिरहेको छ । यो भिडियो कुनै छात्राले आफ्नो फोनबाट रेकर्ड गरेको देखिन्छ । ‘ग्राहक फेला पार्न तपाईं मोमो वा विच्याट वा विबो चलाउन सक्नु हुन्छ,’ ती शिक्षिकाले भनेकी छन्, ‘तपाईंले ग्राहकसँग भावनात्मक कुराकानी समेत गर्नुपर्ने हुनसक्छ ।’ भिडियोको करिब आधाआधीमा एक जना सहभागीले उनीहरुलाई पढाइएको पावरप्वाइन्ट पाउन सक्नु कि भनी सोध्दा उनले ‘कक्षापछि उपलब्ध गराउने’ बताएकी छन् ।
त्यसपछि उनले विद्यार्थीलाई इन्टरनेटमा आकर्षक फोटो आवश्यक पर्ने बताएकी छन् । ‘यी युवतीलाई हेरौं,’ भित्तामा प्रोजेक्ट गरिएको तस्बिर देखाउँदै उनले भनेकी छन्, ‘उनको मेकअप निकै राम्रो छ । मेकअपले उनलाई जवान र आकर्षक बनाएको छ । उनका आँखा राम्रो छन् र मुस्कान मिठो छ । उनका आँखा उनको आत्माको ढोका हुन् ।’ चीनमा यौन व्यवसायलाई अवैधानिक मानिन्छ तर यहाँका सहरी क्षेत्रमा वेश्यावृत्ति तीव्र गतिमा फैलिरहेको छ ।
चीनमा ६० र ७० को दशकमा भएको सांस्कृतिक क्रान्तिपछि यौन व्यवसायमाथि प्रतिबन्ध लगाइएको थियो । तर बढ्दो आर्थिक विकास र सहरमा पश्चिमी संस्कृति फैलिएका कारण यहाँ देह व्यापारले प्रसय पाउन थालेको हो । हाल चीनका साना सहरमा समेत रेड लाइट एरिया छन् ।
यहाँसम्म कि पर्यटकलाई उनीहरुको होटेलमै यौन सेवा पुर्याउने व्यवस्था समेत छ । चीनमा सेक्स टोयको उद्योगको विकास पनि भइरहेको छ । विशेषज्ञहरुका अनुसार संसारमा प्रयोग हुने करिब ७० प्रतिशत सेक्स टोय चीनमै उत्पादन हुन्छन्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf