Headlines News :
Home » » अब ६ प्रतिशतमै पाइने भो कृषि ऋण

अब ६ प्रतिशतमै पाइने भो कृषि ऋण

Written By Unknown on Wednesday, 29 October 2014 | 16:53

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
कात्तिक ११, काठमाडौं – अबदेखि कृषि व्यवसायमा संलग्न कृषक तथा व्यवसायीले ६ % भन्दा कम ब्याजमै ऋण पाउने भएका छन् । सरकारले चालू वर्षको वजेटमा सरल र सस्तो कृषि ऋण उपलब्ध गराउने प्रतिवद्दतालाई सार्थक बनाउँदै कार्यविधि जारी गरेपछि कृषकले सस्तो ऋण लिन बाटो खुलेको हो ।

राष्ट्र बैंकले सोमबार ‘युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि ०७१’ जारी गरी ६ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कार्यविधिमा २१ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई युवा मान्दै प्राकृतिक व्यक्ति,त्यस्ता ब्यक्तिबाट सञ्चालित फर्म,कम्पनी र संस्थाले सञ्चालन गर्ने कृषि व्यवसायका लागि अधिकतम् १ करोड रुपैयाँसम्म ऋण दिन सक्ने व्यवस्था गरेको हो ।

कार्यविधिले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका सबै क्षेत्रलाई ग्रामिण क्षेत्रका रुपमा परिभाषित गर्दै ती क्षेत्रमा बैंकले १० प्रतिशत भन्दा कम व्याजदरमा ऋण दिई कृषकबाट ६ प्रतिशत ब्याज लिन र बाँकी ४ प्रतिशत ब्याज अनुदानका रुपमा सरकारले खोलेकमो कृषि कर्जा ब्याज अनुदान शोधभर्ना खाताबाट दिने व्यवस्था मिलाइएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

बैंकले विउविजन, अलैंची, उखु, अदुवा, च्याउ, जडिबुटी, र तरकारी खेतीको उत्पादन प्रशोधन र भण्डारका साथै पुष्प व्यवसाय र पशुपन्छी पालनलाई यस्तो ऋण दिनेछ । फलफुल उत्पादन,उत्पादित फलफुलको प्रशोधन तथा भण्डारण,दुग्ध उत्पादन ,प्रशोधन तथा वितरणका लागि पनि ६ प्रतिशत भन्दा कममै ऋण उपलव्ध गराउने जनाएको छ । मत्स्यपालन, उत्पादित माछाको भण्डारण तथा बिक्री–वितरण, पशुबधशाला एवं मासुजन्य उत्पादन व्यवसायका साथै सरकारले समयसमयमा थप गर्ने अन्य कृषि व्यवसायमा पनि यस्तो ऋण उपलब्ध गराउने छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf