Headlines News :
Home » » भारतीय भुतपुर्ब प्रधानमन्त्री इन्दिरा गान्धी हत्याको तीन दशक !

भारतीय भुतपुर्ब प्रधानमन्त्री इन्दिरा गान्धी हत्याको तीन दशक !

Written By Unknown on Thursday, 30 October 2014 | 08:24

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
गान्धी वंशको अस्तित्व सत्तामा प्राप्तको लागि सङ्कट देखियको छ !
नयाँ दिल्लीः सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनिकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो ।

भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । सोही वंशजको विरासत धान्न छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसिन गराइएको थियो ।

तर भारतीय राजनीतिमा एक बलियो उम्मेदवार (आइरन लेडी) का रुपमा रहेकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको आज तीस वर्ष पुग्दा भने भारतको सो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको बुझिएको छ ।

सो राजनीतिक वंशजले गरिरहेको भारतीय काँग्रेस पार्टी यतिखेर सत्तामा नभएको अबस्ता छ । सत्तामा नभएको मात्र होइन यतिखेर सो पार्टी निकै कमजोर प्रतिपक्षका रुपमा उभिएको छ ।

सोही राजनीतिक वंशजका एकजना निकटतम सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाती र पूर्व प्रधानमन्त्री राजिव गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् तर संसद्मा झिनो मतका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् ।

भारतमा काँग्रेसका बारेमा कयौँ पुस्तक लेखेका एकजना बुद्धिजीवी रसिद किदवायी भन्छन्– इन्दिरा गान्धी वास्तवमा भारतमा काँग्रेसलाई व्यापकता दिने नेत्री थिइन् तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।

गएको मे महिनामा भएको आमनिर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ भने सत्तारुढ दल काँग्रेस विपक्षमा उभिएको छ । काँग्रेस दुई दशकलामो शासनपछि सानो आकारको प्रतिपक्षी दलका रुपमा पछिल्लो समयमा देखिएको छ ।  

जसको अभावका कारण पनि भारतमा काँग्रेसको यो गत सुरु भएको छ– उनको भनाइ छ । भारत स्वतन्त्र भएको ६७ वर्षमा भारतमा काँग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । भारतमा काँग्रेसलाई नै सधैँ सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो ।

इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरु भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री हुन् । उनले सन् १९४७ देखि १९६४ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका छन् ।

नेहरु प्रधानमन्त्रीबाट हटेको दुईवर्षपछि देखि नै इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी हुन् । उनले पनि सन् १९६६ देखि १९७७ सम्म भारतमा प्रधानमन्त्रीका रुपमा सेवा गरेकी छिन् । त्यसपछि पनि उनी सन् १९८० पछि फेरि प्रधानमन्त्रीका रुपमा सत्तामा आएकी थिइन् । उनी प्रधानमन्त्री रहेकी बेला हत्या भएको थियो ।


उनको हत्यापछि पनि उनका छोरा राजिव गान्धीलाई भारतको प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो । पछि उनको पनि हत्या भएको थियो । राजिव गान्धीको हत्या सन् १९९१ मा तामिलहरुले गरेका थिए । उनलाई पनि प्रधानमन्त्री रहेकै बेला हत्या गरिएको थियो ।

त्यसपछि भने उनकी श्रीमती सोनिया गान्धीले पार्टीको बागडोर सम्हाल्दै आएकी छिन् । उनको नेतृत्वमा सन् २००४ र सन् २००९ मा भएको आम निर्वाचनमा काँग्रेस नै ठूलो दल बनेको थियो । सोही बमोजिम नै काँग्रेसले दश वर्षसम्म शासन गरेको हो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf