Headlines News :
Home » » कुमारीत्व र यस सम्बन्धी भ्रमहरु

कुमारीत्व र यस सम्बन्धी भ्रमहरु

Written By Unknown on Monday 15 December 2014 | 16:01

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया।
मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ।
केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्।
प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन।
वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन।
महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ। कुरा कुमारीत्वभन्दा चरमोत्कर्षको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf