Headlines News :
Home » » भारतीय युवतीसँग नेपाली नागरिकता

भारतीय युवतीसँग नेपाली नागरिकता

Written By Unknown on Thursday 18 December 2014 | 04:55

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
झापाः  भारतको पश्चिम बंगालको सिलिगुढी घर बताउने एक युवतीबाट उनकै नाममा रहेको नेपाली नागरिकता फेला परेको छ ।

काँकरभिट्टाको बस पार्कबाट दुई दिनअघि शंकाष्पद अवस्थामा पक्राउ परेकी २४ बर्षीया टिना उराउका साथबाट जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी फेला परेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन तिमिल्सिनाले जनाकारी दिए ।

२०६८ साल भदौ ९ गते बंशजका आधारमा उक्त नागरिकता उराउले लिएको सो प्रमाणपत्रमा उल्लेख छ । नागरिकतामा नागरिकता प्राप्त गर्ने टिना उराउ बाबुको नाम राजेश उराउ र आमाको नाम शिला उराउ उल्लेख छ । उक्त नागरिकता प्रमाणपत्रको नम्बर ०४००१/६७२० रहेको प्रहरीले जनाएको छ ।

झापाको अर्जुनधारा–६ ठेगाना रहेको सो नागरिकतामा प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको हस्ताक्षर रहेको छ । हाल अनुसन्धानमा प्रहरीको नियन्त्रणमा रहेकी टिनाले सोही नेपाली नागरिकताका आधारमा मन्त्रालयबाट ०५८६९७३५ नम्बरको राहदानी लिएर बैदेशिक रोजगारका लागि साउदी पुगेकी थिईन् ।  केही वर्षअघि साउदी गएकी नेपाल हुँदै फर्कने क्रममा सोमबार बिहान काँकरभिट्टाको बस पार्कमा शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उराउ रात्रीबसमा काँकरभिट्टा आईपुगेर आफ्नो सामान एउटा पसलमा राखेर चिया खान गएकी थिईन् । धेरैबेरसम्म उनी नआएपछि प्रहरीले सामानका बारेमा सोधखोज गरेको थियो । त्यसपछि उराउ धेरै समयपछि मेरो समान हो भन्दै आएकी थिईन् । त्यही क्रममा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा प्रहरीले राहदानी र नेपाली नागरिकता प्रमाणपत्र फेला पारेको थियो ।

उनले आफू भारतीय नागरिक भएको र नेपाली नागरिकताका बारेमा अनविज्ञ रहेको बताएपछि घटना थप रहस्यमय बनेको छ । उराउले नागरिकता कसरी बन्यो आफैलाई थाहा नभएको र नागरिकता काँकरभिट्टामा आफूलाई कसैले उपलब्ध गराएको बयान दिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

उक्त नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालय झापामा नरहेको सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बताए । सहायक प्रजिअ थापाले भने, ‘हामीले कार्यालयका सबै ढड्डा पल्टाएर हेर्‍र्यो  तर विवरण कहि कतै फेला परेन । त्यसकारण यो नागरिकता पूर्णरुपमा कीर्ते हो ।’

२०६८ सालमा न्यौपाने नै प्रशासकीय अधिकृत रहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘उहाँको कसैले कीर्ते हस्ताक्षर गरेको पनि हुनसक्छ, त्यसबारेमा छानबीन हुन्छ ।’ घटनामा कोही संलग्न भएको प्रमाण पुष्टि भए कानुनी कारवाही हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । उराउलाई भने म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf