Headlines News :
Home » , , » सडकमै तानातान यौनकर्मीको अखडा नयाँ बसपार्क !

सडकमै तानातान यौनकर्मीको अखडा नयाँ बसपार्क !

Written By Unknown on Sunday 30 November 2014 | 15:47

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
तपाई हामीले बुझ्ने गरेको बसपार्क यात्राको सुरुवात र यातायातको अन्तिम गन्तब्य अथवा सामान्य रुपमा भन्दा लामो तथा छोटो दूरीका यातायातको साधनले बस रोक्न आधिकारिक अख्तियारी पाएको ठाउँ हो बसपार्क ।
यात्राको लागि आवश्यक सेवा सुविधायुक्त ठाउँ भनेर बुझ्ने गरिन्छ बस पार्कलाई । सर्वसाधारणहरु टिकट काटेर बस चढ्ने ठाउँलाई बसपार्क भनेर बुझ्ने गर्दछन् ।बसपार्क सुन्दर शान्त र यात्रुहरुको लागि सुविधायुक्त हुन जरुरी हुन्छ । तर नेपालका अधिकांश जिल्ला तथा क्षेत्रका बसपार्कहरु यात्रुहरुको लागि भन्दा पनि यौन कर्मी तथा ग्राहकहरुलाई जवानी बिसाउने ठाउँ बन्ने गरेको पाइएको छ ।

देशका विभिन्न सहरमा रहेका बसपार्कमा सुलेआद यौन धन्दा संचालनमा आएको कुरा हामीले पटक पटक संचार माध्यममा पढ्दै, सुन्दै र देख्दै आएका छौं । यस्तै बसपार्कहरुकोबीचमा काठमाडौंको नयाँ तथा पुरानो बसपार्क पनि चर्चामा छ ।
बसपार्क वरपर यात्रुहरुको लागि बास बस्ने उद्देश्यले निमार्ण गरिएका होटल, लज तथा गेष्ट हाउसहरु यौनकर्मीको व्यावसाय गर्ने स्थल बनेको छ भने ग्राहकहरुको जवानी बिसाउने ठाउँ ।

काठमाडौंको नयाँ बसपार्कमा तपाई साँझ पख पुग्नु भएको छ ? पुग्नु भएको भए त्यहाँको बास्तबिक अवस्था तपाईले बुझिसक्नु भएको होला । काठमाडौंको नयाँ बसपार्क क्षेत्रलाई अहिले अघोषित रेडलाईट एरिया भन्न थालिएको छ ।
तपाई साँझपख त्यता पस्नु भयो भने तपाईलाई पनि त्यस्तै लाग्न सक्छ । नयाँ बसपार्क अहिले यौन कर्मीहरुको अखडा बनेको छ । साँझ पर्ने वित्तिकै ग्राहकको खोजीमा बसपार्क क्षेत्रमा दर्जनौं यौनकर्मीहरु भौतारिने गर्दछन् ।
ग्राहकको खोजीमा रहेका यौनकर्मीहरुले बाटोमा ग्राहकहरुलाई तछाड मछाड गर्दै तानेको देख्न पाईन्छ । जब साँझ पर्दछ, बसपार्कको बाटो पैदल यात्रा गर्नेहरुलाई उनीहरुले जिस्काउने, बोलाउने र पाखुरीमा झुण्डिएर लाने समेत गर्दछन् ।
कान्छाहरु पनि सक्रिय
विभिन्न होटल, गेष्टहाउस तथा रेष्टुँरेन्टमा काम गर्ने तथा हेरचाह गर्ने कर्मचारीलाई नयाँ बसपार्क क्षेत्रमा कान्छा नामले सम्बोधन गरिँदो रहेछ । कान्छाहरु साँझ परेपछि यौनकर्मीलाई ग्राहक खोज्नमै व्यस्त बन्छन् ।
उनीहरु गेष्टहाउसमा बस्न आउने ग्राहकहरुलाई खुसुक्क सोध्छन् र यौनर्मीहरुलाई रातको ९, १० बजेपछि ग्राहकको कोठामा पठाइदिन्छन् । उनीहरुले एक रातको २ देखि ५ हजारसम्ममा यौनकर्मी मिलाई दिर्ने गर्दछन् भने त्यसबापत ५ सय देखि एक हजारसम्म कमिसन पाउँछन् ।
तर, कान्छाहरुले प्रहरी चेकिङ बाट जोगाइ दिने अथवा अग्रिम जानकारी गराउने गर्नु पर्दछ, नयाँ बसपार्क क्षेत्रमा होटलमा काम गर्ने एक होटल मजदुरले हामीलाई सुनाए ।
गेष्टहाउस छोडेर कोठामै धन्दा
गेष्ट हाउस, होटल, डान्सबार र रेष्टुरेन्टहरुमा प्रहरीको छापाले यौनकर्मीहरुमा एक किसिमको तरंग ल्याएको छ । प्रहरीको छापाले उनीहरु त्रसित नभएपनि ग्राहकहरु आउन छाडेपछि उनीहरुले धन्दा संचालन गर्ने नयाँ तरिका अपनाउने गरेका छन् ।
पछिल्लो समय नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, ठमेल लगायतका ठाउँहरु यौनकर्मीको सम्पर्कस्थल बन्ने गरेका छन् । शहरका होटल, गेष्ट हाउसहरु प्रहरीको नजरमा परेपछि उनीहरुले व्यापारका नयाँ नयाँ तरिकाहरु अपनाउने गरेका छन् ।
पछिल्लो समय यौनकर्मीहरुले ग्राहकको घर तथा कोठमा जाने दखि आफ्नो कोठामा समेत लगेर धन्दा चलाउने गरेको नयाँ बसपार्कका एक ब्यावसायी बताउँछन् ।
प्याकेज टुर
पछिल्लो समय यौनकर्मीहरुले अपनाएको नयाँ शैली हो प्याकेज टूर । आफ्नो धन्दा चलाउन ग्राहकहरुको साथ उनीहरुको श्रीमती अथवा प्रेमिकाको रुपमाको उनीहरु प्याकेज टुरमा काठमाडौं र काठमाडौं बाहिर जाने गरेका छन् ।
यसरी जाँदा आम्दानी पनि राम्रो हुने कसैले पनि थाहा नपाउने तथा प्रहरीको चेकिङबाट मुक्त हुने भएकोले यौनकर्मीहरु प्याकेज टुरमा जाने गरेको एक यौनकर्मीले बताइन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf