Headlines News :
Home » » वीर अस्पतालबाट यसरी बेचिन्छन बिरामी

वीर अस्पतालबाट यसरी बेचिन्छन बिरामी

Written By Unknown on Sunday 23 November 2014 | 16:13

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 मंसीर ७, काठमाडौ,  राजधानी बाहिरका सरकारी अस्पतालहरुले बिरामीलाई नजिकका महंगा निजी अस्पतालमा पठाएर कमिसन हात पार्ने गरेका खबर त सार्वजनिक भइसकेको छ । काठमाडौको प्रमुख अस्पतालका रुपमा कहलिएको वीर अस्पतालबाट पनि बिरामी बेचिन्छन् र यसवापत वीरमा कार्यरत कर्मचारीले नियमित अतिरिक्त आम्दानी गरिरहन्छन् भन्दा झट्ट पत्यार नलाग्न सक्छ । आकस्मिक कक्षमा आएका बिरामीका विभिन्न जाँचपडतालका लागि वीरमा समय लाग्ने, मेसिन बिग्रिएको र जनशक्ति नभएका जस्ता अनेक बहाना बनाई महाबौद्ध लगायतका स्थानमा पठाइने गरिएको हो ।

आकस्मिक कक्षमा आएका बिरामीहरुको रगत, दिसा, पिसाब, पिटिआई, आइएनआर, एलएफटी आदी जाँच गर्न महाबौद्धका क्लिनिक र ल्याबमा पठाउने गरिएको हो । Bir Hopital
वीरमै सहजै जाँचपडताल हुनसक्ने उल्लेखित विषय जाँच गर्नुपर्ने बिरामीहरुलाई आफूले सिफारिश गरिएका क्लिनिक र ल्याबमा पठाएर वीरका आकस्मिक कक्षका कर्मचारीले मासिक लाखसम्म बुझ्ने गरेका त्यहींका एक प्राविधिकले रातोपाटीलाई बताएका छन् । उनका अनुसार यसरी बिरामीलाई थप मारमा पारी निजीमा पठाउने वीरका प्राय कर्मचारीले थाहा पाएका अहेब टीका पनेरु पनि हुन् ।

पनेरुले उमाकान्त चौधरी स्वास्थ्यमन्त्री भएका बेला उनको नजिक रही स्वास्थ्य मातहतका कर्मचारीको सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरको भनी बदनामी खेपेका थिए । मन्त्री निकट भएर बसिरहँदा चौधरीको समेत छवीमा असर पर्ने महशुस गरिएपछि उनलाई उनैको माग बमोजिम वीर अस्पतालमा काजमा पठाइएको हो । उनले आकस्कि कक्षामा आएका बिरामीलाई अस्पतालममा बेड हुँदाहुँदै पनि निजी अस्पतालमा पठाएर कमिसन लिने गरेका तथ्यप्रति वीरका थुप्रै कर्मचारी जानकार छन् ।

तर पनेरु अहिले वीर अस्पतालका निर्देशक डाक्टर स्वयंप्रकाश पण्डितलाई रिझाएर अस्पताल वरिपरी रंगारोगन गर्ने काम पनि आफू निकट ठेकेदारलाई दिन सफल भएका छन् । अस्पतालको रंगरोगन गर्ने ठेक्का मिलाए वापत उनले पण्डितलाई समेत दिनुपर्ने गरी २० लाख जति हात परेको आफु निकटका एक आफन्तीलाई बताएका छन् । रङ्गरोगनको सो काम गर्न कसलाई दिने भन्ने विषयमा पनि एमाले र काँग्रेसवीच विवाद भएको थियो । हाल सार्क सम्मेलनका नाममा रंगरोगन र सररफाईका लागि तथा भिआईपी कक्ष निर्माणका निमित्त सरकारले तीन करोड रुपैयाँ प्रदान गरेको छ ।

हाल सार्क सम्मेलनमा रङ्ग रोगन र सरसफाईको लागि साथै भिआईपि कक्ष निर्माणको लागि सरकारले तीन करोड दिएको तर टिकाराम पनेरुले डा. भुपेन्द्र बस्नेत र निर्देशक पण्डितलाई यो आकस्मिक कार्य हो, त्यसैले टेण्डर नगरिकन काम गर्न सकिन्छ भन्दै कोटेशनको भरमा आफू निकटलाई काम दिई लाखौ झ्वाम बनाउने योजनामा छन् ।

पनेरु आकस्मिक कक्षमा बस्दा अस्पतालको ल्याबमै हुने दिसा, पिसाव,रगत, पिटिआई, आईएनआर, एलएफटी नजिकको महाबौद्धस्थित क्लिनिकहरुमा पठाई मासिक लाखौं रुपिँया बुझ्ने गर्दथे । अस्पतालमा आईसियु बेड खाली हुँदाहुदै वीर अस्पतालमा बेड खाली छैन भन्दै सहिद मेमोरिएल अस्पताल कलंकी , लाईफ केएर सुन्धरा, भेनस बानेश्वर, महेन्द्रनारायण निधी गौशला पठाई प्रति बिरामी रु पाँचहजार कमिसन वापत लिने गर्दथे । यस विषयमा पटक पटक सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयमा उजुरी परेपनि उनी काँग्रेसका सशाङ्क कोइराला निकट हुँ भन्दै हाल अस्पतालको वार्षिक १५ करोडको खरिद गर्ने सार्वजनिक खरिद इकाईमा जान सफल भएका छन् । यस विषयमा पनेरुसंग सम्पर्क गर्न खोज्दा पनि फोन रिसीभ गरेनन् ।
यी २०५७ सालदेखि निजामती सेवा ऐन र नियमावली विपरित वीर अस्पतालमा काजमा नै कार्यरत छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf