Headlines News :
Home » » धनकुटामा राप्रपाबाहेक सबै स्थानमा काँग्रेस अगाडि

धनकुटामा राप्रपाबाहेक सबै स्थानमा काँग्रेस अगाडि

Written By Unknown on Thursday 21 November 2013 | 04:03

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
संविधानसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत २४० मध्ये ११ स्थानको परिणाम प्राप्त भइसकेको छ ।
सोअनुसार नेपाली काँग्रेस र नेकपा (एमाले)ले क्रमशः छ र पाँच स्थान प्राप्त गरेका छन् । काँग्रेसका उम्मेदवार मनाङबाट टेकबहादुर गुरुङ र काठमाडाँै क्षेत्र नं ५, ८, ९ र १० बाट क्रमशः नरहरि आचायर्, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, राजेन्द्रकुमार केसी र दाङ क्षेत्र नं २ बाट सुशीला चौधरी विजयी हुनुभएको छ ।
त्यसैगरी एमालेका उम्मेदवार कास्की क्षेत्र नं ३ र ४ बाट रवीन्द्र अधिकारी र सीता गिरी, पाल्पा २ बाट सोमप्रसाद पाण्डेय, रसुवाबाट जनार्दन ढकाल र प्युठान १ बाट वामदेव गौतम विजयी हुनुभएको छ ।
चितवनमा कोइराला अगाडि
चितवन, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं १ मा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले छ हजार ८६, काँग्रेसका राजेन्द्र बुर्लाकोटीले पाँच हजार ३२८ र एमाओवादीका यमबहादुर परियारले एक हजार ३३५ प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा काँग्रेसका शेषनाथ अधिकारीले पाँच हजार ३२१, एमालेका कृष्णप्रसाद खनालले पाँच हजार ०९ र एमाओवादीका विश्वभक्त दुलालले दुई हजार ९६६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै क्षेत्र नं ३ मा एमालेका कृष्णभक्त पोखरेलले पाँच हजार ७६९, काँग्रेसका भीमबहादुर श्रेष्ठले चार हजार १९९ र एमाओवादीका नारायण दाहालले तीन हजार ५७२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा काँग्रेसका सुशील कोइरालाले आठ हजार ८९८, एमालेका पार्वती रावलले पाँच हजार १५४ र एमाओवादीका चित्रबहादुर श्रेष्ठले पाँच हजार २२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं ५ मा एमालेका दानबहादुर तामाङले चार हजार ३३६, राप्रपा नेपालका विक्रम पाण्डेले चार हजार १७० र एमाओवादीका अमिक शेरचनले तीन हजार १८ मत प्राप्त गर्नुभएको छ ।

मकवानपुरमा गणना जारी
हेटौँडा, ६ मङ्सिर । संविधानसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँले तीन हजार ९६०, नेकपा(एमाले)का अणराज जर्घा मगरले तीन हजार ५४५, एकीकृत नेकपा(माओवादी)का सर्केश घलानले दुई हजार १७० र राप्रपा नेपालका प्रलिता थापाले एक हजार ८७० मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा एमालेका सुवास ठकुरीले पाँच हजार ६४४, एमाओवादीका नारायणकाजी श्रेष्ठले चार हजार ७५८ र काँग्रेसका जयराम लामिछानेले दुई हजार ९५२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ३ मा एमालेका अनन्त पौडेलले तीन हजार ९०९, राप्रपा नेपालका दीपक सिंहले तीन हजार ३९३, काँग्रेसका रघुरमण न्यौपानेले दुई हजार ७५० र एमाओवादीका प्रह्लाद लामिछानेले दुई हजार ५८२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं ४ मा एमालेका राजाराम स्याङ्ताङले चार हजार ८५०, एमाओवादीका सोनामसिंह स्याङ्ताङले तीन हजार ४५६ र काँग्रेसका उमा दाहालले दुई हजार ३२१ मत प्राप्त गर्नुभएको छ ।

काभ्रेमा मतगणना जारी
बनेपा, ६ मङ्सिर । काभ्रेपलाञ्चोक क्षेत्र नं १ मा नेपाली कांग्रेसका तीर्थबहादुर लामाले पाँच हजार ७३४, एमालेका सङ्ग्रामजित लामाले चार हजार १९७ र एमाओवादीका सूर्यमान दोङले तीन हजार ४१० मत प्राप्त गर्नुभएको छ ।
काभ्रे क्षेत्र नं २ मा एमालेका रामहरि सुवेदीले तीन हजार ३२, काँग्रेसका शिवप्रसाद हुमागाईंले दुई हजार ५४९ र एमाओवादीका अकलबहादुर थिङले एक हजार ६१४ प्राप्त गर्नुभएको छ ।
काभ्रे क्षेत्र नं ३ मा काँग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठले दुई हजार ८६१, एमालेका गोकुल बाँस्कोटाले एक हजार ९८९, एमाओवादीका मीना तामाङले ९७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै काभ्रे क्षेत्र नं ४ मा एमालेका विदुर सापकोटाले छ हजार ३३, काँग्रेसका कुमार लामिछानेले तीन हजार ४३० र एमाओवादीका सूर्यमान दोङले दुई हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।

बागलुङ–२ मा काँग्रेसको अग्रता
बागलुङ, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं २ मा मतगणना जारी छ ।
प्रारम्भिक मत परिणामअनुसार काँगे्रसका प्रकाश शर्मा पौडेलले ६७६ मत लिएर अग्रता हासिल गर्नुभएको छ । त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुङ्गानाले ४७६ र तेस्रो स्थानमा रहनुभएका नेकपा (एमाले) का सूर्य पाठकले दुई सय मत प्राप्त गर्नुभएको छ । एकीकृत नेकपा (माओवादी) का लीलाबहादुर थापा मगरले भने एक सय ८० मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी : नेकाँ तीन क्षेत्रमा अगाडि
कञ्चनपुर, ६ मङ्सिर । संविधानसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाको नतिजाअनुसार निर्वाचन क्षेत्र नं १ मा एकीकृत नेकपा(माओवादी) तथा निर्वाचन क्षेत्र नं २, ३ र ४ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
अपराह्न २:४५ बजे घोषित परिणामअनुसार क्षेत्र नं १ मा एमाओवादीका बिना मगरले तीन हजार ३७२, काँग्रेसका दिवानसिंह विष्टले दुई हजार ८८८ र एमालेका लालबहादुर विकले दुई हजार २२७ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा एमालेका तारालामा तामाङले तीन हजार ३४४, काँग्रेसका एनपी सावदले तीन हजार ४३९ र एमाओवादीका अमिन दहितले दुई हजार १६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी क्षेत्र नं ३ मा काँग्रेसका बहादुरसिंह थापाले चार हजार ४४६, एमालेका नरबहादुर धामीले तीन हजार ५३२ र एमाओवादीका टेकेन्द्रप्रसाद भट्टले दुई हजार २८५ मत प्राप्त गर्नुभएको छ क्षेत्र नं ४ मा काँग्रेसका रमेश लेखकले सात हजार ५७३, एमाओवादीका मोहन गिरीले दुई हजार ५५८, राप्रपाका धर्मराज जोशीले दुई हजार ३७२ र एमालेका उर्वादत्त पन्तले दुई हजार २६७ मत प्राप्त गर्नुभएको छ ।

उदयपुरका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस अगाडि
उदयपुर, ६ मङ्सिर । अहिलेसम्मको मतगणनाअनुसार नेपाली काँग्रेसले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट अग्रता कायम गरिरहेको छ ।
अहिलेसम्मको मतगणनाको परिणामअनुसार क्षेत्र नं १ मा काँग्रेसका डा नारायण खड्काले चार हजार १२ र नेकपा(एमाले)का मणि पौडेलले एक हजार ९२४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ । यस्तै एमाओवादीका राजन किराँतीले एक हजार ९१७ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा नेपाली काँग्रेसकी प्रमिला राईले ३७८, एमालेकी मञ्जु चौधरीले २८९ र एमाओवादीका सुरेश राईले १८६ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा काँग्रेसका नारायण कार्कीले ५७८, एमालेका जगन्नाथ खतिवडाले ४९२ र एमाओवादीका मोहन खत्रीले ११८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।
क्षेत्र नं १ मा मतदाता ५१ हजार २७३ र क्षेत्र नं २ मा ४८ हजार ३३३ छन् । यस्तै क्षेत्र नं ३ मा ४३ हजार २६० मतदाता छन् । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा ८७ मतदानस्थल, २०८ मतदान केन्द्र र अन्य आठ अस्थायी मतदान केन्द्र थिए ।

ललितपुरका तीन वटै क्षेत्रमा काँग्रेस अगाडि: क्षेत्र नं ३ मा नेकाका विजय पक्का
ललितपुर, ६ मङ्सिर । यहाँको मतगणनाअनुसार तीन वटै क्षेत्रमा नेपाली काँग्रेस अग्रस्थानमा छ ।
अपराह्न ३ बजेपछि प्राप्त परिणामअनुसार क्षेत्र नं १ मा नेपाली काँग्रेसका उदयशम्शेर जबराले पाँच हजार ००६, नेकपा(एमाले)का मधुसूदन पौडेलले चार हजार ९९७ र एकीकृत नेकपा (माओवादी)का हरि दाहालले एक हजार ९४१ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ को मत परिणामअनुसार काँग्रेसका चन्द्र महर्जनले आठ हजार ३३९, एमाओवादीका सरोज डङ्गोलले चार हजार ६६० र एमालेका कृष्णलाल महर्जनले तीन हजार ५८४मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी क्षेत्र नं ३ मा काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले १६ हजार ४६३, एमालेका रघुजी पन्तले आठ हजार ७१० र एमाओवादीका दिनेश महर्जनले आठ हजार ४२४ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ३ मा मत गणना करिब ७० प्रतिशत सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत टेकनारायण कुँवरले बताउनुभयो ।
काँग्रेसका अमात्यले जित्ने निश्चित भएपछि मतगणनास्थलमा बिहान १० बजेदेखि भेला भएका सो दलका कार्यकर्ताको भिड अहिले अपराह्न ४ बजेसम्म बाक्लिएको छ । सो भिडले पार्टीको झन्डा बोकेर नारा लगाइरहेको छ ।

भक्तपुर–१को मतगणना सुरु
भक्तपुर, ६ मङ्सिर । पहिलो पटक भक्तपुर जिल्ला क्षेत्र नं १ को मतपरिणाम प्रकाशनमा आएको छ ।
सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले ८०७, नेपाली काँग्रेसका कृष्णलाल भँडेलले ५००, एमाओवादीका सानु सुवालले १९६ र एमालेका रञ्जु नापितले १४३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी क्षेत्र नं २ मा नेमकिपाका सुनिल प्रजापतिले छ हजार ५०९, काँग्रेसका रामेश्वर ढुङ्गेलले छ हजार ८०, एमालेका महेश बस्नेतले पाँच हजार ८५० र एमाओवादीका डिपी ढकालले तीन हजार २५० मत प्राप्त गर्नुभएको छ ।

राप्रपा अगाडि
धनकुटा, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का टीकाराम चेम्जोङले छ  हजार ९११, नेपाली काँग्रेसका अजितनारायण थापाले चार हजार ८५, सङ्घीय समाजवादी पार्टीका रकम चेम्जोङले  दुई हजार ८१८ र एमाओवादीका हेमराज भण्डारीले दुई हजार ७५४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २     मा राप्रपाका सुनिल थापाले तीन हजार ५१८, एमालेका राजेन्द्र राईले तीन हजार ९८, एमाओवादीका हरिराज खेवाले एक हजार ९२७ र काँग्रेसका आनन्दसन्तोषी राईले ५९२ मत प्राप्त गर्नुभएको छ ।

मतगणना जारी
रौतहट, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं १ मा मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक) का अजय गुप्ताले चार हजार २५१, नेकपा (एमाले)का माधवकुमार नेपालले तीन हजार ८७८ र सङ्घीय सद्भावना पार्टीका अनिल झाले दुई हजार ३०९ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा फोरम (लोकतान्त्रिक) का मोहमदमुस्ताक आलमले सात हजार ९६३, नेपाली काँग्रेसका अफताव आलमले छ हजार ५६५ र एमाओवादीका किरण साहले तीन हजार १७५ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा फोरम नेपालका रामकिशोर यादवले चार हजार ४४३, एमाओवादीका प्रभु साहले तीन हजार ६५९ र नेकाँका हृदयनारायण यादवले एक हजार १८४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा एमाओवादीका सत्यनारायण भगतले दुई हजार ७०६, एमालेका सरला यादवले दुई हजार १५१ र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रदीपशम्शेर जबराले दुई हजार ३७ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ५ मा नेकाँका जितेन्द्र यादवले दुई हजार ५९४, एमाओवादीका विन्देश्वर रायले एक हजार ९८१ र एमालेका वासुराय चौधरीले एक हजार ५०५ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ६ मा नेकाँका देवप्रसाद तिमिल्सिनाले तीन हजार ५४१, एमालेका रामकुमार भट्टराईले तीन हजार ३३ र एमाओवादी देवेन्द्र पटेलले एक हजार ४९३ मत प्राप्त गर्नुभएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf