Headlines News :

Latest Post

Showing posts with label economy. Show all posts
Showing posts with label economy. Show all posts

यौनकर्मीको भाउमा चर्को वृद्धि, २ घण्टाको १६ हजार

Written By Unknown on Sunday, 7 December 2014 | 04:25

मुद्रास्फिति उच्च दरमा बढेको भन्दै महिला यौनकर्मीहरुले आफ्नो भाउ उच्च रुपमा बढाएपछि यौनकर्मका लागि वेश्यालय धाउने ग्राहकहरु मर्कामा परेका छन् । रुसी मुद्रा रुबलको तिब्र रुपमा अवमूल्यन भैएपछि त्यसको प्रत्यक्ष असर त्यहाँको यौन व्यवसायमा परेको छ ।

रुसको मुरमान्स्कमा रहेका वेश्यालयहरुमा काम गर्ने यौनकर्मीहरुले मुद्रास्पिmति बढ्दा जिविका महंगो भएको भन्दै आफ्नो भाउ ४० प्रतिशत सम्म बढाएका छन् । यसअिघ य्राहकले यौनकर्मीसँग २ घण्टा बिताउँदा बढिमा ७ हजार रुबल्स सम्म तिर्नुपर्नेमा अब भाउवृद्धि हुँदा २ घण्टाको १६ हजार भन्दा बढि तिर्नुपर्नेछ । वेश्यालयहरु आफैले मूल्य वृद्धिको जानकारी दिएर ग्राहकबाट बढि पैसा उठाउने र सोही बमोजिम आफ्ना यौनकर्मी महिला कर्मचारीलाई तलब दिने गरेका छन् ।
एकजना वेश्यालय संचालक भन्छन्, ‘हामीले भाउ घटाउने प्रयास गरिरहेका छौँ तर दैनिकी निकै महंगो हुँदै गइरहेको छ र केटीहरुले घाटामा काम गर्न मान्दैनन् ।’
युक्रेनमाथि रुसी हस्तक्षेपको विरुद्धमा पश्चिमा मुलुकहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएसँगै रुसको मुद्रा रुवेलको अवमूल्यन तिब्र रुपमा बढिरहेको छ । रुबल डलर तथा युरोको तुलनामा निकै कमजोर बनिरहेको छ । मंगलबार १ डलर बराबर ५३ रुबल तथा १ युरो बराबर ६६ रुबेल पुगेको थियो । रुबल कमजोर हुने क्रम रोकिएको छैन ।
रुसी अर्थतन्त्र कमजोर बन्दै गएको र दैनिक महंगीको मारमा पर्दै गएको उदाहरणको रुपमा यौनकर्मीको भाउ वृद्धिको समाचार हट टपिक बनिरहेको छ । यो समाचारलाई उधृत गर्दै धेरैले राष्ट्रपति पुटिनमाथि खरो टिप्पणी गरिरहेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

अरुण तेस्रो आयोजनाको प्रवद्र्धकसँग गरिने पिडिए स्वीकृत

Written By Unknown on Friday, 21 November 2014 | 16:08

 ५ मङ्सिर- काठमाडौँ,  लगानी बोर्डले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानीकर्ता सतजल विद्युत् निगमसँग गरिने परियोजना विकास सम्झौता(पिडिए)लाई स्वीकृत गरेको छ ।
बोर्डको कार्यालय नयाँ बानेश्वरमा आज बसेको बैठकले प्रमुख राजनीतिक दल तथा सरोकार भएका विभिन्न सङ्घ तथा संस्थाले उठाएका विभिन्न सरोकारका विषयसमेत समावेश गर्न आगामी सोमबारसम्मको अवधिसमेत प्रदान गरेको छ ।  भारतीय कम्पनी सतलजले निर्माण गर्न लागेको सो परियोजनाको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औंँ शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री सुशील कोइराला र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीको उपस्थितिमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
सरकारले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सन् २००८मा सतलजलाई उक्त आयोजना अगाडि बढाउन स्वीकृति दिएको थियो । सन् २०१३ देखि प्रवद्र्धकसँग वार्ता प्रक्रिया अगाडि बढाएको बोर्डले गत कात्तिक १९ गते पिडिएमा सहमति जनाएको थियो । सन् २०१० मा सतलजले निवेदन दिएपछि उक्त आयोजनाको पिडिए प्रक्रिया अगाडि बढाइएको थियो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र सतलजका कार्यकारी निर्देशक आरेक अग्रवालबीच गत कात्तिक १९ गते पिडिए गर्ने सहमति भएको थियो । भारतमा बिजुली निर्यात गर्ने गरी निर्माण हुन लागेको सो आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
गत कात्तिकमा बोर्डसँग भएको वार्तामा सतलजका प्रतिनिधिले आगामी छ महिनाभित्र वित्तीय व्यवस्थापन गरिसक्ने र परियोजना सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिाकार्जुन राव(जिएमआर)सँग भएको पिडिएको बुँदामा टेकेर नै अरुण तेस्रोको पनि पिडिए तयार पारिएको हो ।
बैठकपछि ऊर्जामन्त्री राधा ज्ञवालीले भन्नुभयो, “अरुण तेस्रो जलविद्युत् आयोजनाको पिडिएलाई स्वीकृति प्रदान गरिएको छ, बाँकी रहेको केही सरोकारलाई ऊर्जा मन्त्रालय र बोर्डबीच समन्वय गरेर पूर्णता दिइनेछ ।” विभिन्न राजनीतिक दल तथा स्थानीयवासीले उठाएका सेयर, भौतिक विकास निर्माण, निःशुल्क विद्युत् तथा सामाजिक सुरक्षाका विषयलाई समेत पिडिएमा समावेश हुनेछ ।
यही मङ्सिर ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकमा पिडिएको पूर्ण दस्तावेज पेस गरी पारित गर्ने सरकारको तयारी छ । सङ्खुवासभा जिल्लामा अवस्थित सो परियोजना जलप्रवाहमा आधारित छ ।  भारतीय प्रवद्र्धक सतजलले सो आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत बिजुली निःशुल्क प्रदान गर्नेछ । सो परिमाण भनेको १९७ मेगावाट हुन जान्छ । उक्त परियोजनाबाट नेपालले रु तीन खर्ब ४८ अर्ब कुल लाभ प्राप्त गर्नेछ । त्यसमा भन्सार र मूल्य अभिवृद्धि कर रु नौ अर्ब, आयकर ७७ अर्ब, रोयल्टी रु एक खर्ब सात अर्ब र निःशुल्क बिजुली रु एक खर्ब ५५ अर्ब बराबर रहनेछ ।
परियोजनाबाट सिर्जना हुने रोजगारी र औद्योगिक लाभका कारण समग्र मुलुक र विशेषगरी परियोजना क्षेत्रको बृहत्तर विकासमा ठूलो योगदान पुग्ने बोर्डको विश्वास छ । सो परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण(बुट) अवधारणामा आधारित रहेर निर्माण गर्न लागिएको हो । आगामी २५ वर्षपछि सो आयोजना नेपालले निःशुल्क प्राप्त गर्नेछ ।
उक्त आयोजनाको लागत रु एक खर्ब चार अर्ब रहेको छ । नेपालले प्राप्त गर्ने बिजुली छाडेर प्रबद्र्धकले ढल्केबर सबस्टेसन हुँदै भारतको मुजपm्फरपुरसम्म विद्युत् पु¥याइनेछ । उक्त परियोजनाबाट सङ्खुवासभाको कमालु, पाथीभरा, पवाखोला, याफु, नुम र दिदिङ प्रभावित हुनेछ । कुल २३ मि अग्लो बाँध बाँधी २२५ मेगावाट क्षमताको चार  टर्बाइनमार्फत विद्युत् निकालिनेछ ।
प्रभावित क्षेत्रका जनतालाई प्रतिघर धुरी २४ युनिट बराबर निःशुल्क बिजुली प्रदान गरिनेछ । बोर्डका अनुसार स्थानीयवासीलाई रोजगारीको विशेष अवसर प्रदान गरिनेछ ।  बोर्डका कार्यकारी अधिकृत पन्तका अनुसार सो जलविद्युत् आयोजना अगाडि बढ्ने बाटो खुलेको छ । केही दिनभित्रै सरकारले स्वीकृति प्रदान गरेपछि प्रबद्र्धक सतजलसँग पिडिएमा हस्ताक्षर हुनेछ ।
हस्ताक्षर भएलगत्तै वित्तीय व्यवस्थापन गरेर निर्माण प्रक्रिया अगाडि बढाउने प्रबद्र्धकले प्रतिबद्धता जनाएका कारण सहज रुपमा नै आगामी पाँच वर्षभित्र आयोजना सम्पन्न हुने विश्वास आफूले लिएको उहाँको भनाइ छ ।
तामाकोसी तेस्रोको छलफल अवधि थप
बोर्डको बैठकले दोलखा जिल्लामा आयोजनास्थल रहेको कुल ८८० मेगावाट क्षमताको तामाकोसी जलविद्युत् आयोजनाको प्रबद्र्धक एसएन पावरसँग वार्ता गर्ने अवधि केही समयका लागि थप गरेको छ । पाँच सय मेगावाटभन्दा बढी क्षमताका आयोजना अगाडि बढाउने कार्यादेश पाएको बोर्डले सो आयोजनाको प्रवद्र्धकसँग आवश्यक परामर्श गरी पिडिए गर्ने तयारी गरेको छ ।
भारतीय लगानीकर्ता समूह रिलायन्सलाई लगानी भित्र्याउनका लागि मार्गप्रशस्त गरेको छ । सो समूहले नेपालमा सिमेन्ट उद्योग खोल्न चासो देखाएको छ । दैनिक सात हजार टन सिमेन्ट उत्पादन गर्ने आशयसहित रिलाइन्सले बोर्डसँग संवाद गरिरहेको छ ।
वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सो समूहलाई सिमेन्ट उद्योगका लगानी गर्न आग्रह गरिएको हो । नेपालमा सिमेन्टको माग बढ्दै गएका सन्दर्भमा उक्त समूहलाई लगानीको मार्गप्रशस्त गरिएको बोर्डका कार्यकारी अधिकृत पन्तको भनाइ छ । यसअघि बोर्डले नाइजेरियाको डाङ्गोटेलाई सिमेन्ट उद्योगमा लगानी गर्न आग्रह गरिसकेको छ ।
यस्तै काठमाडौँको फोहोरमैला व्यवस्थापन र रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा पनि बोर्डले निर्णय गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

सुनको मुल्य यो साता पनि ओरालो लाग्यो

Written By Unknown on Saturday, 8 November 2014 | 04:06

कार्तिक २२- काठमाडौं,  नेपाल सुनचाँदी व्यवसायीले जानकारी दिए अनुसार केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मुल्य यो साता पनि घटेको छ । व्यवसायीका अनुसार यो साता सुन तोलामा एक हजारपाँच सय रुपैयाँले घटेर कारोबार भएको छ ।

अघिल्लो साता अन्तिम दिन ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन यो साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेर ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुन तोलामा दुई सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगंलवार र बुधबार एक÷एक सय रुपैयाँ घटेर कारोबार भएको सुन विहिबार तोलामा पुन पाँच सय रुपैयाँ घटेर ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार पुन एक सय रुपैयाँले घटेर सुन तोलाको ४९ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै यो साता चाँदीको मुल्यमा पनि केही गिराबट आएको छ । साताको पहिलो दिन पाँच रुपैयाँले घटेर ६ सय ९५ रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन तोलामा ३० रुपैयाँले घटेर ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

अर्को साता पनि यसको भाउ घट्ने अनुमान गरिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

अब बेरोजगारलाई नेपाल मै हुनेभो रोजगार !

Written By Unknown on Thursday, 23 October 2014 | 11:25

काठमाडौं, कात्तिक ६ – स्वदेशमा रोजगारको समस्याले गर्दा विदेश जानेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । देशमा युवा जनशत्तिmलाई ध्यानमा राखेर सरकार पक्षबाट रोजगारका निम्ति केहि पहल हुन नसकेका कारण युवा जनशक्ति विदेशीने क्रम तिब्र रहेको हाम्रै घर आँगनमा बढ्दै छ । सरकार र अरुको मात्रै मुख ताकेर बस्नु भन्दा आउनुहोस हामिसंगै मिलेर केहि गरौं भन्ने मनसाएले यो समुहले नेपालमै रोजगारको व्यवस्था गर्दै आएको छ ।

जागिरको खोजीमा हिँड्दा हिँड्दै चार जोर जुत्ता फाटिसके, दुख त कति कति, नेपालमा कामै छैन, अब एमआरपी बनाइन्छ, यस्तै–यस्तै खालका वाक्यांश जागिरको खोजीमा भौतारिदा–भौतारिदा वाक्क भएका लाखौ शिक्षितरअशिक्षित बेरोजगार युवायुवतीका हुन्। अबका दिनमा यस्ता समस्या नेपाली युवायुवतीले भोग्न नपरोस भन्ने उदेश्यले  बेरोजगारलाई नेपाल मै रोजगार, कम्पनीलाई कामदार  भन्ने नारा सहित बालाजु स्थित बैकल्पिक मेनपावर सप्लायर्स नामक एक नेपाली मेनपावर खुलेको छ । यो मेनपावरले देशको बेरोजगारी समस्याबाट थकित भइ बसेका नेपाली युवायुवती तथा अन्य जनशक्तिहरुलाई आफनो सिप,क्षमता र कार्य अनुभबको आधारमा खोजेररोजे अनुसारको रोजगार दिलाउँदै आयको छ ।

 समूहका प्रमुख  रामजी लामिछाने नेपालमा नेपाली मेनपावरको धारणा ९कन्सेप्ट० ल्याउने पहिलो व्यक्ति हुन् ्र हाल नेपालमा मेनपावर कम्पनीले विदेश पठाउने काम गर्छन्   । तर यो मेनपावरले नेपाल मै रोजगार र कामदारको व्यवस्था गर्दै आएको छ । एका तिर कम्पनीका बोशहरु भन्छन् नेपालमा काम गर्ने कर्मचारी छैनन्, कति रकम खर्च गरेर पत्र पत्रिकामा कर्मचारी चाहियो भनेर बिज्ञापन छाप्यो कर्मचारीको लाइन त लामै हुन्छ तर दक्ष, अनुभबी र काममा कर्तव्यनिष्ठ कामदार नपाईने समस्या छ, कामप्रतिको दृष्टिकोण ( कामलाई सानो र ठूलो भनेर छुट्याउने बढी छ  ।अर्को महत्वपूर्ण पक्ष भनेको कामप्रतिको सम्मान हो । बाटोहरुमा जता ततै ब्रोसर नै ब्रोसर भेटिन्छन्,  भन्छन् हामी कति चोटी ब्रोसर बाँड्न गयौ तर बेरोजगार पाइदैन भन्छन्  । यस्ता अवास्तविक कुराले कलेज पढ्दै गर्दा जन्माएको अति नै महवाकांक्षी सोचाइले पछि वास्तबिक धरातलमा कामलाई सानो र ठूलो भनी विभाजन गर्ने मात्र होइन, सानो काम गर्दा लाज लाग्ने खालको मानसिकताको जन्म भएको पाइन्छ।  अर्कातिर बेरोजगारीहरु भन्छन् नेपालमा काम नै छैन अब पासपोर्ट बनाएर विदेश जानु पर्छ यसमा  महत्वपूर्ण कुरा चाहि समस्या बेरोजगारी कि बेरोजगारहरूको भन्ने छ । हाम्रो देशमा परीक्षामुखी सुगारटाइमा किताब (प्रायः गेस पेपर) का ठेलीलाई परीक्षाका दिनसम्म दिमागमा अटेसमटेस पार्दै ठेलठाल पार्ने तर परीक्षा सकिएको दिनसगै बिस्तारै मेटिदै पनि जान्छ । हो, हामीलाई किताब घोकेरै भए पनि बढी अंक हासिल गर्नुपर्छ भन्ने त सिकाइन्छ तर पढेका कुरा कसरी व्यवहारमा प्रयोग हुन्छरु भनेर न त कसैले सिकाउछ, न त हामी आफैँ प्रयत्न गर्छौं। कोरा किताबी ज्ञानले रोजगारीका लागि लिखित परीक्षामा बढी अंक ल्याउन त सकिएला, तर अन्तर्वार्तामा शून्य हात पर्ने सम्भावना नकार्न सकिन्न। त्यसैले,  सम्बन्धित क्षेत्रको राम्रो ज्ञान हुदाहुदै पनि काम गर्नलायकको शक्ति बन्न  सकिरहेका छैनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf