वैदेशिक रोजगारीले पनि धेरैको घरवार तहसनहस पारेको छ । कतिका लोग्नेले स्वास्नीको कमाई स्वाहा पारेका छन् त कतिका स्वास्नीले । विश्वासमा पनि विश्वासघात भएपछी पश्चाताप गर्नु सिवाय केही वाकी रहदैन । महोत्तरीको लक्ष्मिनियाँबाट बिहीबार अपहरणमा परेकी भनिएकी महिलालाई उनकै पूर्व पतिले अपहरणको नाटक गरेर लिएर गएको तथ्य सार्वजनिक भएको छ । लक्ष्मिनियाँ २ घर भएकी २५ बर्षिया सविता दुलाललाई उनकै पूर्व पति सर्लाहीको नेत्रगंज पुनर्वास घर भएका मनोज पासवानले अपहरणको शैलीमा लिएर गएको तथ्य अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले वताएका छन् ।पूर्व पति मनोज पासवान रोजगारीको लागि विदेश गएको समयमा करिव ६ महिनाअघि मात्र लक्ष्मिनियाकै दिपक श्रेष्ठसँग दोश्रो विवाह गरेकी थिइन् । प्रहरी श्रोतका अनुसार सविताको मनोजपट्टिकी पाँच वर्षकी एक छोरी छिन् । श्रीमतीको दोश्रो विवाह गरेको थाहा पाएपश्चात नेपाल आएका पुर्वपतीले दिपकको घरवाटै अपहरणको शैलिमा मोटरसाइकलमा लिएर फरार भए ।
सविताका दोश्रो पति दिपक श्रेष्ठलाई सो कुराको सुईको पनि भएन उनले आफ्नी श्रीमतिलाई नचिनेका मानिसहरुले अपहरण गरी बेपत्ता बनाएको भन्दै खोजीको लागि प्रहरीमा उजुरी गरेका थिए । दिपकको उजुरीको आधारमा प्रहरीले शुक्रबार बेलुकीदेखि सविताको खोजी गरेको थियो । पासबान र श्रेष्ठ दुबैसँग सविताले प्रेम विवाह गरेकी हुन् । मनोजले शुक्रबार सवितालाई आफ्नै घरमा लगेको र प्रहरीले खोजी गरेको थाहा पाएपछि अहिले दुबैले घर छाडेर भागेको प्रहरी श्रोतले वताएको छ ।

width="640">
0 comments:
Speak up your mind
Tell us what you're thinking... !