Japan volcano Mount Otake detonated, 30 killed
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiBWe4BM9A-Sg9z_C8yZPTESG3u6trY9QD1Fci_l1JcOdc9ciRYmg2xWqxYdhSaahzUA4_qzOCy3PicLsH9IKl-A0dMk5K6BRKxX54D9dDuSoSDlEfvQA14lXMbNwT-5HIDFvpDe5VqVVX1/s1600/japan-final.jpg)
काठमाडौं, आश्विन १२ । जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु चिकित्सकिय जांच पनि मृत घोषित भएका हुन् ।
ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने त्यस क्षेत्रमा फसेका २ सय ५० जनालाई सुरक्षित निकालिएको अधिकारीहरुले जनाएका छन् ।
राजधानी टोकियोबाट २ सय किलोमिटर पश्चिममा अवस्थित माउण्ट ओटेक ज्वालामुखी स्थानिय समय अनुसार शनिवार विहान सक्रिय भएको थियो । ज्वालामुखी विष्फोटका सम्बन्धमा कुनै पूर्व सुचना जारी गरिएको थिएन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !