(एजेन्सी), नयाँ दिल्ली – भारतको नागपुर जिल्लामा घर भएकी एक महिलाको पेटबाट नजन्मेको बच्चाको अन्दाजी ३६ वर्ष पुरानो अवशेष पाइएको छ । ६० वर्षकी कान्ताबाई गुनवन्त नाम भएकी महिलाको पेटमा विगत ३६ वर्षदेखि उनको बच्चाको कंकाल रहेको पुष्टि भएको छ । उक्त कंकाललाई डाक्टरहरुको एक समूहले शल्यक्रिया गरेर निकालेका हुन्
। नागपुरमा अवस्थित एनकेपी साल्वे इन्स्टिच्युट अफ मेडिकल साइन्स र लता मंगेस्कर हस्पिटलका डाक्टरहरुले पछिल्लो हप्ता कान्ताबाईको पेटबाट बच्चाको कंकाल निकालेका हुन् । विगत दुई महिनादेखि उनले आफ्नो पेटमा निकै पिडा भएका कारण अस्पतालमा उपचारका लागि आएकी थिइन् । उपचारको क्रममा डाक्टरहरुले पेटको दायाँ भागको तल्लो भागमा गाँठो भएको पत्ता लगाए जसलाई डाक्टरहरुले क्यान्सर भएको आशंका गरेका थिए । एमआरआई पछि उक्त गाँठो उनको नजन्मेको बच्चाको कंकाल भएको पत्ता लाग्यो । यो अहिलेसम्मको सबैभन्दा पुरानो अवशेष हो जुन महिलाको शरिरमा पाइएको छ । यसलाई एक्टोपिक प्रेगनेन्सी भनिन्छ जसमा भ्रुण कोखभन्दा बाहिर विकसित हुने गर्दछ ।
३६ वर्षपछि नजन्मेको बच्चाको कंकाल महिलाको पेटबाट निकालियो
Written By Anonymous on Friday, 29 August 2014 | 04:40
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
width="640"> |
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!
Share this post :
0 comments:
Speak up your mind
Tell us what you're thinking... !