Headlines News :

Latest Post

Showing posts with label keky adhikari. Show all posts
Showing posts with label keky adhikari. Show all posts

‘को कति सेक्सी छ, बोलीबाटै थाहा पाउँछु’

Written By Unknown on Sunday, 19 October 2014 | 19:55

हरु दर्शकले मन पराएका छन् । एक दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी केकी यतिबेला पनि केही फिल्मको छायांकनमा व्यस्त छिन् । फिल्म क्षेत्रमा एक लगनशील, शिक्षित तथा राम्री नायिकाको रुपमा चिनिने केकी वरिष्ठ फिल्म निर्देशक बद्री अधिकारीकी जेठी छोरी हुन् । आफ्ना निर्देशक बुवाका कारण अभिनय क्षेत्रमा प्रवेश गर्ने प्रेरणा मिलेको बताउने केकीले अभिनयलाई करियरकै रुपमा ग्रहण गरिसकेकी छिन् । केकी आफूले अभिनय गरेका सबै फिल्म तथा म्युजिक भिडियोहरु मन परेको बताउँछिन् । यद्धपि उनलाई निर शाहको फिल्म ‘मसान’मा गरेको आफ्नो अभिनय सबैभन्दा राम्रो लाग्छ । पछिल्लो समयमकी चर्चित नायिक केकी भन्छिन्, को कति सेक्सी छ, बोलीबाटै थाहा पाउछु । प्रस्तुत छ, केकेीसँगको छोटो कुराकानी ।

तपाईंको नामलाई अधिकांशले अनौठो मान्छन्, नामको अर्थ के हो ?
केकीको अर्थ सुन्दर पंक्षी मयूर हो । सानी छँदा मयूर झैं सुन्दर थिएँ रे, त्यसैले अभिभावकले यही नाम राखिदिनु भएको हो ।
अहिलेको सुन्दरतालाई चाहिं कम छ र ?
मयुरले आफ्नो वर्णन आफैंले गर्दैन । मलाई मयुर झैं सुन्दर देख्ने धेरै होलान् तर मलाई त्यस्तो लाग्दैन ।
अभिनय क्षेत्रमा आउने रहर कहिलेदेखि पलायो ?
सानैदेखिको रहर हो भन्दा फरक पर्दैन । बुवा नै यो क्षेत्रमा हुनु भएकाले म सानैदेखि यो विधातर्फ आकर्षित थिएँ ।
अभिनयमा आउनुअघिको तयारी कस्तो थियो ?
डान्स क्लास ज्वाइन गरेकी थिएँ । डान्समा जाँदा(जाँदै म्युजिक भिडियोबाट अफर आयो । भिडियोमा व्यस्त हुँदा(हुँदै फिल्मबाट अफर आउन थाल्यो । काम गर्दै जाँदा आजको अवस्थासम्म आइपुगें ।
म्युजिक भिडियो र फिल्मको अभिनयमा के फरक पाउनु हुन्छ ?
एउटा कलाकारका लागि म्युजिक भिडियो र फिल्ममा खासै भिन्नता हुन्न । दुबै विधामा उत्तिकै मेहनतका साथ काम गर्नु पर्छ । भिडियोको रिजल्ट चाँडै पाइन्छ, फिल्मको रिजल्ट आउन ढिला हुन्छ तर कालजयी हुन्छ ।
आफूलाई कत्तिको सुन्दर मान्नु हुन्छ ?
म त्यति धेरै सुन्दर छैन । एभरेज भन्न मन पराउँछु ।
आफ्नो शरिरका अंगहरु मध्ये कुन चाहिं बढि मन पर्छ ?
आँखा । अरुले पनि मेरो आँखा राम्रो छ भन्नु हुन्छ ।
विवाहका बारेमा कुनै योजना छ कि ?
अहिले नै विवाहका बारेमा सोच्नु, योजना बनाउनु अलि हतार हुन्छ जस्तो लाग्छ ।
कसैप्रति आकर्षित हुनु भएको छ कि ?
अध्ययन र अभिनयका कारण मैले प्रेमका बारेमा पनि सोच्न भ्याएकी छैन । म अहिलेसम्म कसैप्रति आकर्षित भएकी छैन ।
स्ता पुरुषले तपाईंलाई आकर्षित गर्छन् ?
बुद्धिमान र दमदार भ्वाइज भएका पुरुषहरुले मलाई छिट्टै आकर्षित गर्छन् । तिनै सेक्सी लाग्छन् ।
भविष्यको श्रीमान् कस्तो होस् भन्ने चाहनु हुन्छ ?
आफूलाई बुझ्ने श्रीमान् होस् भन्ने सबैको चाहना हुन्छ । मेरो चाहना पनि यस्तै छ ।
तपाईंले पछिल्लो पटक किस गरेको व्यक्ति ?
मेरी मम्मी ।
सेक्सलाई कसरी हेर्नु भएको छ ?
सेक्स भनेको खाने, सुत्नेजस्तै एउटा प्राकृतिक प्रकृया हो जुन सबैको जीवनमा हुन्छ । यो हरेकका लागि उत्तिकै महत्वपूर्ण विषय हो । यसलाई त्यति ठूलो इस्यु बनाइरहनु पर्छ जस्तो लाग्दैन ।
विवाहअघिको सेक्सका बारेमा तपाईंको के धारणा छ ?
हाम्रो समाज र संस्कृतिले सेक्सलाई विवाह पछाडि मात्र वैधानिक मानेको छ । म नेपाली संस्कृतिलाई आदर, सम्मान गर्ने युवती भएकीले विवाह अगाडिको सेक्स राम्रो मान्दिन । यसले समस्याहरु निम्ताउँछ जस्तो लाग्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf