Headlines News :

Latest Post

Showing posts with label bindu pariyar. Show all posts
Showing posts with label bindu pariyar. Show all posts

नर्स बन्ने सपना बोकेर अमेरिका पुगेकी किशोरी कसरी पोर्न स्टार बनिन्? विन्दु परियारको लुकेको कथा

Written By Unknown on Wednesday, 10 December 2014 | 17:00

 विन्दु परियारको लुकेको कथा !
काठमाण्डु– फेसबुक, इन्टरनेट र अनलाइन मिडियाहरूमा पोर्न स्टारका रुपमा प्रचारित विन्दु परियार को हुन् ? उनलाई पोर्न गर्लका रुपमा मात्रै लिने र अझ नेपाली ‘पोर्न गर्ल’ भनेर चर्चा गर्ने धेरैलाई उनको नखुलेको भित्री कथा थाहा छैन । विन्दु परियारका नाममा अनलाइनमा प्रसारित सयौं भिडियोहरू थुप्रैले हेरिसकेका छन् । तर, खासमा विन्दु को हुन् वा के–का लागि अहिले पनि संघर्षरत छिन्, त्यो धेरै कमलाई मात्रै थाहा छ । विन्दु नेपाली, हटी विन्दु वा मलिका, विन्दी, हटी विन्दी नामबाट चिनाइएकी विन्दुले अमेरिकाको एक अनलाइनलाई दिएको अन्तर्वार्तामा आधारित उनको जीवनको रहस्यमय कथा उनकै शब्दमा प्रस्तुत छ :

मलाई घरिघरि रुन मात्रै मन लाग्छ, जब म आफ्नो बाल्यकाल सम्झन्छु । म पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत हेमजामा जन्मेकी हुँ । एकदमै गरिब परिवारमा । बच्चैदेखि म नाचगानमा रुचि राख्थें । स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थें । लोकदोहोरी, कौडा र रोदीमा नाच्नु धेरै रमाइलो हुन्थ्यो । नाचगानमा मेरो गहिरो रुचि थियो । म साथीहरूसँग नाचगानकै लागि थुप्रै ठाउँमा पुग्थें ।
म सानै छँदा मेरो घरमा कोही मान्छे आयो र मेरो पढाइमा उसले सहयोग गर्यो । मैले ज्ञानुबाबा स्कुलबाट १२ कक्षासम्मको पढाइ पूरा गरें । त्यसपछि म ऊसँगै अमेरिका आएँ । टम सवेल नामको त्यो व्यक्ति मभन्दा ३० वर्ष जेठो थियो । उसले पहिले मेरी काकीलाई बिहे गर्यो र पछि सम्बन्धविच्छेद गरेर मेरी दिदी पर्ने सीता परियारलाई बिहे गर्यो । मेरो स्कुले शिक्षाको सबै शुल्क उसैले बेहोरेको थियो । तर, उसको मास्टर प्लान (गुरुयोजना) के थियो भन्ने कसैलाई थाहा थिएन । ऊसँग बिहे गरेकी सीता दिदीले पनि उसलाई छाडेपछि भने धेरै कुरा फेरिन थाले । ऊ आत्महत्या गर्छु भन्थ्यो तर मैले उसलाई रोकें । उसले मलाई सीता दिदीका नांगा फोटा र भिडियोहरू देखाएर उसले आफूलाई धोका दिएको भन्थ्यो । मलाई उसले भनेको सबै कुरा साँचो हो जस्तो लाग्थ्यो । तर कथा अर्कै रहेछ । उसले त दुईनम्बरी धन्दा गरेर पैसा कमाउन दिदीलाई दबाब दिंदो रहेछ ।
टमले मलाई अमेरिका लैजान चाह्यो किनभने कलिली र सुन्दरी केटीहरूबाट पैसा कमाउन सकिन्छ भन्ने उसलाई थाहा थियो । अहिले बल्ल मलाई महसुस हुन्छ, मैले त्यतिबेला दिदीको कुरा किन सुनिन ? सायद म अमेरिका आउनका लागि एकदमै इच्छुक थिएँ । त्यतिबेलासम्म म उसको मास्टर प्लानमा फँसिसकेकी थिएँ ।
मेरा बा आमा गरिब थिए । उनीहरू ठान्थें– गरिबका छोराछोरीलाई सहयोग गर्ने टम हाम्रा लागि भगवानै हो । जसले त्यति धेरै सहयोग गरेको थियो, उसलाई अविश्वास म कसरी गर्न सक्थें र ? त्यसैले मैले उसले दिएका सबै कागजहरूमा सही गरिदिएँ । अमेरिका आउन त मलाई साँच्चै नै मन थियो । तर त्यसका लागि खर्च गर्नुपर्ने पैसा कहाँबाट आउँछ, यो मलाई थाहा थिएन । जब म अमेरिका आइपुगें, त्यसपछि मेरो जिन्दगी खराबबाट खत्तम हुन थाल्यो । उसले मलाई यहाँ ल्याएको त पढाइका लागि थियो, राम्रो जीवनको लागि थियो र परिवारलाई सहयोग पुग्छ भनेर थियो । तर बिस वर्षपछि मैले बल्ल थाहा पाएँ, उसले विन्दुलाई अमेरिका किन ल्याएको रहेछ ।
उसले मलाई यहाँ मेरो सपना पूरा गर्न भनेर ल्याएको थियो । मेरो सपना नर्स बन्ने थियो । मेरा बाआमा खुशीले दंग थिए । म अमेरिकामा पढ्न भनेर आएकी थिएँ । उसकी श्रीमती र यौन दास बन्न आएकी थिइन । म पहिलो पटक २०१० को अक्टुबरमा अमेरिका आएँ । यहाँ आउनासाथ उसले मलाई नाइट क्लबमा काम गर्न दबाब दियो र भन्यो, ‘तँलाई यहाँसम्म ल्याउन मेरो थुप्रै लगानी परेको छ ।’ मैले प्रतिरोध गर्न नखोजेकी पनि होइन । तीन महिनाजति काम गरेपछि मैले घर फर्कन्छु भनेँ । तर उसले मलाई धम्क्याउन थाल्यो र मेरा नांगा फोटा र भिडियोहरू सार्वजनिक गरिदिन्छु, बाआमालाई देखाइदिन्छु भन्न थाल्यो । जसले गर्दा मलाई त्यहीँ, त्यस्तै काम गर्न बाध्य पार्यो ।
मेरो पासपोर्ट लगायतका सबै कागजपत्रहरू पनि उसैसँग थिए । अमेरिकाको कानुनी व्यवस्था के छ र त्यसका लागि कहाँ जानुपर्छ भन्ने पनि मलाई केही थाहा थिएन । मैले चिनेजानेको वा भेट्ने मान्छे पनि कोही थिएन । प्रहरीकहाँ जाने कसरी भन्ने पनि मलाई जानकारी थिएन । मेरा लागि यो बिल्कुलै अर्कै संसार थियो । त्यसपछि त मेरो जीवन नर्कमै गएजस्तो भयो । मैले उसलाई धेरै विश्वास गरें । उसले मेरा लागि त्यत्रो वर्ष कुरेर अमेरिका ल्याएको थियो र यो सबथोक गरेको थियो । पैसा थुप्रै कमाइसकेपछि मैले उसलाई अनुरोध गरें– अब त पैसा पनि कमायौ, मलाई छाड्देऊ । तर उसले मलाई धम्काउन छाडेन ।
मैले हरेक रात एक हजार डलर कमाएर उसलाई बुझाउँथे । नत्र उसले मलाई कुट्थ्यो । ऊ घरै बस्थ्यो म भने हरेक रात नांगै काममा जानुपथ्र्यो । मैले हरेक दिन १२ घण्टा काम गर्थें । उसले मलाई कति पैसा कमाउनुपर्छ र कतिसँग उसको आनन्दका लागि सित्तैमा सुत्नुपर्छ भनेर लेखेर दिन्थ्यो । मैले धेरै नै बिरामी पनि परें, पाँच पटक त म हस्पिटल भर्ना समेत भएँ । अन्ततः मैले उसलाई छाडिदिएँ । कैंयौंपटक औषधि उपचार गरें । अब भने मैले उसलाई छाडिसकेकी छु र आफ्नै जीवन बाँच्ने प्रयास गर्दैछु । अब म कलेज पनि भर्ना हुनेछु र नर्सिङ डिग्री लिएर सुखद जीवन बाँच्नेछु ।

मेरा नाममा विगतमा जे–जे फोटो, भिडियो वा अरु सामग्री आए, ती सबैलाई म गलत साबित गर्नेछु । त्यो मेरो काम थियो । मैले हरेक रात त्यतिबेला ८ सयदेखि तीन हजार डलरसम्म कमाउँथे । त्यसको १० प्रतिशत रकम मैले घरमा पठाउँथे । म सन् २०१२ मा डलास गएर सम्बन्धविच्छेदको दर्ता गराएँ । उसले त मलाई अझै तीन वर्ष सँगै बसौं अनि म रिटायर्ड हुन्छु भनेको थियो । तर म अझै मुर्ख हुन सकिन । उसले मलाई धम्क्यायो र मैले उसलाई छाडें भने मेरा सबै नांगा फोटा र भिडियोहरू इन्टरनेट राखिदिन्छु भन्यो । मैले उसलाई छाडिदिएँ, त्यसैले अहिले अनलाइनहरूमा के आइरहेको छ, सबैले देखिरहेका छन् ।
विगतलाई म एउटा खराब सपनाका रुपमा बिर्सन चाहन्छु । दुई वर्ष भयो मैले उसलाई छाडेको । त्यसपछिको मेरो जीवन निकै सुखद छ । अहिले म नर्सिङ पढिरहेकी छु । मेरो जिन्दगीको अबको सपना भनेको राम्रोसँग नर्सिङ पढ्ने र आफ्ना बाआमाका लागि घर फर्केर केही गर्ने हो । मलाई नेपालमै हुँदा जे–जस्तो सहयोग ग¥यो, त्यसका लागि म टमप्रति कृतज्ञ छु । म आफ्नो नर्सिङ पढाइ पूरा गर्न फेरि नृत्यमा काम गर्नुपर्यो भने पनि गर्छु । किनभने मलाई पढ्नु छ । मलाई माया गर्ने र सहयोगी मान्छे पाए म काम गर्दै पढाइ पूरा गर्ने थिएँ । खानबस्न र परिवारलाई सुखी देख्न पाए मलाई जुन काम पनि ठीक छ ।
kathmandutoday.com बाट भिडियो हेर्न तल क्लिक गर्नुहोस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf