Headlines News :
Home » » डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने

डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने

Written By Unknown on Sunday 25 October 2015 | 15:40

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
काठमाडाैं,  कात्तिक ८ । विश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । व्यावसायिक फुटबलबाट सन्यास लिएको झण्डै दुइ वर्षपछि उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउने भएका हुन् ।
बेलायतबाट प्रकाशित सण्डे टाइम्स(Sunday Times)ले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा एउटा मुलुक नेपाल पनि हो ।
बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्क्टिकामा फुटबल खेल्नेछन् । अन्तिम खेल बेलायतको ओल्ड ट्राफोर्डमा खेल्नेछन् । यो म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान हो जहाँ उनले एघार बर्षसम्म व्यावसायिक फुटबल खेलेका थिए ।
युनिसेफका सदभावदूतसमेत रहेका बेकह्यामले ७ दिनमा ७ वटा महादेशमा फुटबल खेलेर युनिसेफका लागि रकम जुटाउन लागेका हुन् । उनले अघिल्लो बर्ष घोषणा गरेको आफ्नै परोपकारी संस्थाको नामसमेत सेभेन हो ।
बेकह्यामसँगै एउटा चलचित्रकर्मीहरुको समूह पनि हुने छ, जसले बीबीसी विश्वसेवा  र बीबीसी १ का लागि झण्डै नब्बे मिनेट लामो वृत्तचित्र तयार गर्ने छ ।
‘मैले खेलकुदको, खासगरि फुटबलले मानिसको जीवनमा परिवर्तनकारी असर पारेको देखेको छु’ बेकह्यामले भने- ‘यो महायात्राले मलाई यो खेलेको सकारात्मक पक्षको प्रर्दशन गर्ने अवसर दिने छ ।’
बेकह्यामको यात्रा कहिले सुरु हुने र नेपालमा कहिले खेल हुने भन्ने स्पष्ट पारिएको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले यसबारेमा संघलाई केही जानकारी नभएको बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf