Headlines News :
Home » » भुपु लोग्नेको घरमा नांगै छिर्न खोज्दा यसरी अडि्कइन् महिला -

भुपु लोग्नेको घरमा नांगै छिर्न खोज्दा यसरी अडि्कइन् महिला -

Written By Unknown on Tuesday 6 January 2015 | 16:20

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
आफ्नो भुतपूर्व लोग्नेको घरमा पस्नका लागि चिम्नीभित्र छिर्दा एक महिलालाई वित्यासै पर्यो । घरभित्र पस्नका लागि लुगा फुकालेर चिम्नीबाट छिरेकी ती महिला चिम्नीभित्रै अडि्कएपछि सरकारी उद्धार टोली नै आएर दुइ घण्टा खट्नुपर्यो ।
घटना अमेरिकाको हो । क्यालिफोर्नियास्थित उडक्रेस्टमा गएको शनिवार स्थानीय टोनी हर्नान्डेजको 
घरको चिम्नीमा उनकी भुतपूर्व श्रीमती अडि्कएकी हुन् ।

नाम नखुलाइएकी ती महिलाले टोनीको गर्भबाट ३ सन्तान जन्माएपछि उनीहरु छुटि्टएका थिए र बच्चाबच्ची टोनीले नै पालेका थिए । शनिवार बिहानै ५ बजे आफ्नो भुपु लोग्नेको घरमा आएकी ती महिला घरभित्र छिर्न खोज्दा ढोका लगाएको पाएपछि बुरुक्क छानोमा उक्लिइन् । छानोमाथिसम्म ठडिएको चिम्नीबाट छिरेर फुत्त भान्साकोठामा ओर्लिने मनसायका साथ उनी दायाँबायाँ नहेरी चिम्नीमा पसिहालिन् । चिम्नीमा नअडि्कयोस् र मज्जाले चिप्लिएर झरियोस् भन्नका लागि उनले लगाएका लुगा समेत फुकालेर नांगै छिरेकी थिइन् । तर जब उनी चिम्नीमा पसेर केही तल सम्म पुगिन् चिम्नीको साँघुरो भागमा उनी अडि्कइन् ।

चिम्नीमा अडि्कएर इन्तु र चिन्तु बनेपछि उनी गुहार माग्दै चिच्याउन र रुन थालिन् । कोही महिला रोइकराइ गरेको घरभित्र रहेका टोनीले सुनेपछि ब्युँझिए र आवाज आएको ठाउँ पत्ता लगाएर चिम्नीमाथिबाट हेर्दा पो थाहा भयो आफ्नै भुपु स्वास्नी त्यहाँ नांगै अडि्कएर रोइकराइ गर्दैछिन् र आफुलाई बचाउन गुहार मागिरहेकी छिन् ।
उनले एउटा लट्ठीको सहायताले महिलालाई चिम्नी बाहिर निकाल्ने कोसिस गरे तर नसकेपछि अग्नी नियन्त्रक उद्धार संयन्त्रलाई खबर गरे । फायर फाइटरहरु आएर दुइ घण्टाको अथक प्रयासपछि चिम्नी भत्काएरै ती महिलालाई बाहिर निकाले ।

चिम्नीबाट निकालिएकी महिलाको जिउमा ध्वाँसो पोतिनुका साथै चोटपटक समेत लागेको थियो । उनलाइै तत्कालै अस्पताल लगियो ।

भुपु श्रीमतीको त्यो हालत देखेपछि पनि हर्नान्डेजलाई खासै दया पलाएन । महिलाले त्यस्तो काम गरेको आफुलाई मन नपरको र त्यो बच्चाहरुको लागि समेत राम्रो नभएको भन्दै उनले आफु र भुपु श्रीमती पहिले देखि नै अलग अलग बस्दै आएको र आफुले उनलाई बच्चासँग भेट्न नदिने गरेको बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf