Headlines News :
Home » » धुम धाम बिबाह गरेर भित्र्याएकी श्रीमतीलाई ''गर्भवती नभएको' भन्दै घरनिकाला'' गरेपछि>>>

धुम धाम बिबाह गरेर भित्र्याएकी श्रीमतीलाई ''गर्भवती नभएको' भन्दै घरनिकाला'' गरेपछि>>>

Written By Unknown on Saturday 20 December 2014 | 16:15

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 पुस ५, इटहरी, - 'गर्भवती नभएको' भन्दै एक महिलालाई पतिसहित परिवारले घरबाट निकालेका छन् । विवाह भएको तीन महिना हुदा पनि गर्भवती हुन नसकेको आरोपमा महेन्द्रनगर-२ चक्रघट्टीकी २१ वर्षीया सरु गौतम बिमलीलाई श्रीमान्, सासु र ससुराले यातना दिदै घर निकाला गरेका हुन् । अहिले उनी दुई महिनाकी गर्भवती छिन । आफू गर्भवती भएपनि श्रीमानले उक्त गर्भ आफ्नो नभएको जिकीर गर्दै आएका छन् । एक बर्षअघि चक्रघट्टीका देवेन्द्र गौतमसंग उनको मागी विवाह भएको थियो । विराटनगर-१ पाेखरीया माइती भएकी उनले न्यायका लागि प्रहरीमा उजुरी दर्ता गराएकी छन् । विवाह भएको तीन महिनाबाटै उनलाई विभिन्न बहानामा मानसिक तथा शारिरिक यातना दिन सुरु गरेका थिए । तीन महिना सम्म पनि महिनावारी नरोकिएको र बच्चा जन्माउन नसकेको भन्दै बारम्बार शारीरिक तथा मानसिक यातना दिने गरेको बताइन् । विवाह दर्ताका लागि पहिलेबाटै आग्रह गरेपनि श्रीमान्, सासु र ससुराले नमानेको उनले उल्लेख गरिन । रक्सी खाएर आएको बेला फोनमा जबरजस्ती अरु केटाहरुसंग बोल्न लगाएर जथाभावी कुरा गर्नु लगाउने गरेको बताउदै उनले गाईभंैसी त ब्याइसके त ब्याउदिनस् भन्दै याताना दिने गरेको बताइन । श्रीमान्सहित परिवारबाट यातना पाउदै आफू न्याय माग्दै इलाका प्रहरी कार्यालय चक्रघट्टी, इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय मोरङमा पुगे पनि न्याय नपाएको उनले बताइन् । यातनाको क्रम नरोकिएपछि इलाका प्रहरी कार्यलय इटहरीमा गत मङ्सिर १६ गते पीडक गौतमका विरुद्धमा पीडित परिवारले कार्बाहीको माग राखेर मुद्दा दर्ता गरेको छ । निवेदन परेपछि इटहरी प्रहरीले गौतमलाई पक्राउ गरि कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी बुझाएको थियो । प्रमुख जिल्ला अधिकारीले उनलाई पाच हजार धरौटी मागी छोड्न आदेश दिएपछि उनी मुक्त भएको पीडितले बताइन् । उनले भनिन्'श्रीमान् धरौटीमा छुटेपछि आफू र आफ्ना माइती पक्षका सबै झनै निरास भएका छौ ।' कतैबाट न्याय नपाएपछि उनी महिला अधिकारकर्मीको सहयोगमा न्यायका लागि लडिरहेकी छन । इलाका प्रहरी कार्यालय इटहरीले गौतमलाई पक्राउ गरि विवाह दर्ता गर्ने सर्तमा छाडेपनि हालसम्म विवाह दर्ता नगरिदिएको आमा मुना बिमलीले बताइन् । पीडक गौतमका काका नरेश गौतमले आफ्नो भतिजले बुहारीलाई घरमा निकै अन्याय गरेको बताए । संचारकर्मी तथा महिला अधिकारीकर्मी शुभद्रा प्याकुरेलले बिवाह दर्ता गरेपछि मात्र कानूनी आधार हुने भएकाले दर्ताको लागि पहल गरिने बताइन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf