Headlines News :
Home » » विवाहको नाटक गरी श्रीमती बिक्री गर्नेलाई जेल

विवाहको नाटक गरी श्रीमती बिक्री गर्नेलाई जेल

Written By Unknown on Friday 28 November 2014 | 08:04

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 राजविराज : एक ३३ वर्षीया एकल महिलालाई प्रेमविवाह गरी बेच्न खोजेको आरोपमा सप्तरीका एक युवकलाई अदालतले पाँच वर्ष कैदसजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशले थुनामा रहेका पोर्ताहा गाविस–८ का ३९ वर्षीय अशोक कुमार यादवलाई बुधबार पाँच वर्ष कैदसजायको फैसला गरेको अदालतले जानकारी दिएको छ।

स्रेस्तेदार नवराज दुलालले दिएको जानकारी अनुसार गत वैशाख १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका यादवलाई रु. २५ हजार जरिवानाका साथै पीडितलाई रु. २५ हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।
भारतमा बेच्ने उद्देश्यले विवाहको नाटक गरी झुक्याई सप्तरीको भारदह गाविसबाट काठमाडौं हुँदै भैरहवासम्म पुर्‍याइ त्यहाँबाट सिमाक्षेत्र सुनौली नाका पुर्‍याएको तथ्य पुष्टि हुन आएकोले कैद सजायको फैसला भएको बताइएको छ।

आरोपितले ०७० साउनको जनै पूर्णिमाका दिन जनकपुरको रामजानकी मन्दिरमा विवाह गरी पीडितलाई काठमाडौं पुर्‍याएका थिए। संविधानसभा निर्वाचनको प्रचार प्रसारका लागि घर फर्केका यादवले फोनमार्फत भैरहवा आउनु भनी उनका साथीहरुको साथ लगाई गत मंसिर १२ गते आफूलाई भैरहवा पुर्‍याएएको पीडितले बताइन् । भैरहवा पुगेपछि यादवले बस्दै गर भनी राखेको कोठामा केही क्षण पछि आएका अपरिचित पाँचजनाले यादवबाट आफु बिक्री भइसकेको जानकारी पाएकी थिइन्। उनिहरुले भारतको दिल्लीका लागि जबरजस्ती रिक्सामा बसाई सुनौली नाकातर्फ लैजाँदै गर्दा स्थानीय व्यक्तिको सहयोगमा भागी उम्की ओरेक नेपालको संरक्षणमा बचेको पीडितले अदालतमा बयान दिएकी छन्।

ओरेक नेपाल काठमाडौं र विराटनगरको निवेदनका आधारमा आरोपितलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी वेस क्याम्पस बरमझियाको उत्तर सडकबाट गत चैत १२ गते गिरफ्तार गरी गत चैत १८ गते मानव बेचविखनको मुद्दा दर्ता गरेको थियो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf