Headlines News :
Home » » भारतको सन्त आश्रममा झडप, ६ जनाको मृत्यु

भारतको सन्त आश्रममा झडप, ६ जनाको मृत्यु

Written By Unknown on Wednesday 19 November 2014 | 15:38

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
मंसिर ३- काठमाडौं,  भारत हरियाणा राज्यको बरवालास्थित रामपाल गुरुको सतलोक आश्रममा झडप हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । विभिन्न अभियोग लागेका रामपाललाई मंगलबार अदालतमा पेश गर्नुपर्ने भएपछि प्रहरीले उनलाई पक्राउ गर्न प्रयास गरेको थियो ।

यसैक्रममा प्रहरी र उनका समर्थकबीच भएको झडपमा २ सयभन्दा बढी घाइते भएका थिए । स्थानीय प्रहरी अधिकारीहरुले सबै शवको पोष्टमार्टमपछि मात्र मृत्युको कारण पत्ता लाग्ने जनाएका छन् ।

बरवाला सहरमा रहेको रामपालको आश्रममा हतियारधारी समर्थकहरुले केहीलाई नियन्त्रणमा लिएको र महिला तथा बालबालिकालाई मानवढाल बनाएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीपछि आश्रमबाट मंगलबार १० हजार मानिसलाई सुरक्षितरुपमा बाहिर निकालिएको जनाइएको छ । आश्रमभित्र अझै ५ हजार मानिस रहेको अनुमान गरिएको छ ।

रामपालविरुद्ध हत्या प्रयास, आपराधिक षड्यन्त्र र राजद्रोहलगायतका मुद्दा दायर गरिएको थियो । रामपालले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई १७ नोभेम्बरसम्म अदालतमा पेश गर्न स्थानीय प्रशासनलाई आदेश दिएको थियो । (एजेन्सी)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf