Headlines News :
Home » » हेर्नुहोस बाहिर साधु देखिए पनि सादुहरुको भित्रि रुप !

हेर्नुहोस बाहिर साधु देखिए पनि सादुहरुको भित्रि रुप !

Written By Unknown on Monday 24 November 2014 | 04:29

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
भारत एकातिर पूर्वीय दर्शन र सभ्यताको केन्द्र भनेर चिनिन्छ, अर्कोतिर धर्म वा दर्शनको खोल ओढेर किसिमकिसिमका चर्तिकला गर्ने हिन्दू बाबाजीहरुको चर्चाबाट पनि चिनिन्छ ।
बेलाबेला भ्रष्टाचार, बलात्कार वा हत्याका संलग्न भएका कारण चर्चामा आउने त्यस्ता बाबाजी भारतमा दर्जनौं छन् । तिनीहरुको सूची दश–बीसमा मात्रै पनि टुंगिन्न । अहिलेका चर्चित पाँच विवादास्पद बाबाजी चाहिं यी हुन् ।  यिनहरुको चर्तिकला:

१. नित्यानन्द स्वामी
स्वामी परमहंस नित्यानन्द एउटा यौनजन्य भिडियोमा देखिएपछि चर्को विवाद र बहसमा फँसेका बाबाजी हुन् । एउटा समाचार च्यानलले नित्यानन्द र दक्षिण भारतीय अभिनेत्री रन्जिताबीचको भिडियो सार्वजनिक गरेको थियो ।

२.  निर्मल बाबा
सन् १९५२ मा पञ्जाबको पटियालामा जन्मेको निर्मलजीत सिंह निरुला अर्थात् निर्मल बाबा आफूलाई निर्वाण प्राप्त बाबा भन्छन् । उनका अनुसार उनले सन् १९८० मा झारखण्डको जंगलमा मोक्ष प्राप्त गरेका थिए । त्यसै समयदेखि उनले आफ्नो सिख परम्पराको दारीकपाल खौरेर नाम राखेका थिए निर्मल बाबा ।
यी आध्यात्मिक बाबासँग अहिले दुई सय पैंतिस करोड अकुत सम्पत्ति रहेको रहस्य खुलेको छ । उनको चर्को दबाब परेपछि उनले आफ्नो निर्मल दरबारको आम्दानी दुई सय पैंतिस करोड भारु रहेको स्वीकारेका छन् । अहिले उनीविरुद्ध भ्रष्टाचार र अनैतिक आर्जनका थुप्रै मुद्दाहरु छन् ।

३. नारायण साई
यी बहुचर्चित बाबाजी आशाराम बापुका ४१ वर्षीय छोरा हुन् । यिनलाई सन् २००२ देखि २००५ सम्म एक महिला लजमा महिलाहरुमाथि बलात्कार र यौन शोषण गरेको अभियोग लागेको छ । देशभरिका आठ महिला भक्तहरुसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि उनीमाथि छ ।
गुजरात प्रहरीले नारायण साइको सम्पत्ति र लगानी पाँच हजार करोड रहेको अनुमान गरेको छ ।

यी बाबाजीको नित्यानन्द ध्यानपिदम नामको दरबार बैंगलोर–मिजोर राजमार्गसँगै छ । उनको आश्रम तामिलनाडु, बनारस र पुरीमा छ भने ध्यान केन्द्रहरु दर्जनौ देशहरुमा छन् ।

४. आशाराम बापु
यी बहुचर्चित आशाराम बापु हुन् । उनको आश्रम अहमदाबादको सबामति भन्ने ठाउँमा छ । ध्यान, योग र प्रार्थना गर्ने हजारौं भक्तजनहरु यहाँ आइपुग्छन् । उनको गुरुकुल आश्रममा अध्ययन गर्ने दुई जना छात्रहरुको रहस्यमय मृत्यु सनसनीपूर्ण समाचार बनेको थियो ।
ती विद्यार्थीहरु सन् २००८ को जुलाई ४ मा हराएका थिए र जुलाई पाँच मृत फेला परेका थिए । उनीमाथि थुप्रै महिलाहरुमाथि यौन दुव्र्यवहार र शोषण गरेको विषय पनि अघिल्ला वर्षमा भारतभरि सर्वाधिक चर्चाको विषय बनेको थियो । बलात्कारकै आरोपमा उनी पक्राउ समेत परेका थिए । उनीसँग सात सय करोड भारतीय रुपैंया बराबरको सम्पत्ति भएको बताइन्छ ।
५.  सन्त रामपाल

विवाद र चर्चाको पछिल्लो शृंखलामा आएका छन् सन्त रामपाल । उनीमाथि परेका मुद्दा अनुसार उनलाई प्रहरीले अदालतमा हाजिर गर्ने प्रयास गरिरहेको छ भने उनका समर्थकहरुले उनका हिसारको आश्रममा प्रहरीलाई पस्नै दिएका छैनन् ।
६३ वर्षीय यी बाबाजी पहिले सरकारी इन्जिनियर थिए । दयानन्द सरस्वतीमाथि यिनले सन् २००६ मा दिएको बयानका कारण भएको झडपमा एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए । त्यसपछि यिनी केही समय जेल पनि बसेका थिए । अहिले फेरि यिनी भारतभरि चर्चाको पहिलो नम्बरमा छन् ।एजेन्सी
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf