धेरै जसो महिलाहरु प्रत्येक महिनाको अण्ड उत्पादनको समयमा अत्यधिक मात्रामा सेक्सको परिकल्पना गर्ने गर्छन् । भर्खरै गरिएको अनुसन्धान अनुसार यो समयमा महिलाहरु सेक्सको परिकल्पनामा बढि उत्तेजित हुने गर्छन् ।

उक्त अध्ययन अनुसार अण्ड उत्पादनको स
लेथबृज विश्वविद्यालय अल्बर्टा, क्यानडाका अनुसन्धानकर्ता सामन्था डसनका अनुसार महिलाहरुले यो समयमा अन्य समय भन्दा बढि नै सेक्सको चाहना राखेको पनि पाइयो । डसन र उनका साथीहरुले अनुसन्धानको क्रममा सेक्स परिकल्पनालाई बढि जोड दिएका थिए ।
‘यसको मतलब यो हो कि’, डसन लाइभ साइन्सलाई भन्छन्,’महिलाको वास्तविक यौन जीवनभन्दा यो समयको रुचि नित्तान्त बेग्लै हो ।’ अनुसन्धान कर्ताहरुले २७ महिलाहरु जो अधिकांश विद्यार्थी थिए, लाई एक महिना सम्म दैनिक रुपबाट आफ्नो सेक्स परिकल्पनाको बारेमा लेख्न लगाएका थिए । पछिल्लो महिनावारीको समयलाई आधार मानि प्रत्येक महिलाको अण्ड निष्काशन हुने १० दिनलाई बढि जोड दिएका थिए ।
यो १० दिन मा प्रत्येक महिलालाई आफैले गर्भधारण भए नभएको परिक्षण गर्ने विधिजस्तै अण्ड निष्काशन भए नभएको परिक्षण गरिएको थियो तर सो कुरा उनीहरुलाई बताइएको थिएन ।
अनुसन्धान अनुसार यी दिन महिलाहरुले बढि सेक्स परिकल्पना गरिएको पाइयो जुन पहिलेको अध्ययनभन्दा नित्तान्त बग्लै थियो । पहिलेको अध्ययन अनुसार महिलाहरुले केवल हप्तामा एक चोटी मात्र यौन परिकल्पना गर्दथे । यो अध्ययन अनुसार अण्ड निष्काशन हुने पछिल्लो ३ दिन महिलाहरुमा यौन परिकल्पना दैनिक, औषत १।३ भेटियो । अचम्म लाग्दो कुरो के भने यो समयको परिकल्पना अन्य समयको भन्दा बढी उत्तेजित समेत देखियो ।
यो अनुसन्धानको उद्देश्य अण्ड निष्काशित हुने बेलाका महिलाहरु पुरुषप्रति कतिको आकर्षित हुन्छन् र सेक्सप्रति कतिको रुचि राख्दछन् भन्ने कुरा जान्नु थियो । अनुसन्धानकर्ताहरुले के कुरा पनि पत्ता लगाए भने महिलाहरुमा यो समयमा यौन उत्तेजना अत्यधिक हुने भएता पनि त्यस पछि फेरि सामान्य अवस्थामै पुग्ने हुन्छ ।
२००६ मा नेडरल्यान्डको अन्तरराष्ट्रिय सेक्स अनुअन्धान संस्थाले गरेको अध्ययन अनुसार २५% महिलाहरु आफ्नो यौन परिकल्पनामा अन्य महिलाको बारेमा पनि सोच्थे भने १०% पुरुषहरु अन्य पुरुषको बारेमा सोच्दथे । तर अहिलेको अध्ययनले ५२% महिलाहरुले अन्य महिलाहरुको बारेमा सोच्ने कुरा समेत देखायो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !