Headlines News :
Home » » नेपाली फिल्म `हिम्मतवाली`चलचित्र विकास बोर्डबाट प्रदर्शनमा रोक

नेपाली फिल्म `हिम्मतवाली`चलचित्र विकास बोर्डबाट प्रदर्शनमा रोक

Written By Unknown on Tuesday, 30 September 2014 | 09:33

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
आश्विन १४, मंगलवार -  काठमाण्डौ उपत्यकामा शुक्रबार मात्र फिल्म रिलिज गर्ने प्राबधान रहेकाले भोली बुधवार रिलिज हुन लागेको 'हिम्मतवाली'को रिलिज रोक्न बिकास बोर्डले चलचित्र संघसहित उपत्यकाका सबै हललाई पत्र काटेको हो ।

नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबिच २०६० साल श्रावण २३ गते सम्झौता पत्रको बुँदा नम्बर ९ मा 'काठमाण्डौ उपत्यकामा नयाँँ स्वदेशी फिल्मको प्रदर्शन गर्दा अनिवार्य रूपमा शुक्रबार मात्र गर्नुपर्ने' लेखिएको छ । सोही सम्झौता पत्र अनुसार सञ्चार मन्त्रालयले चलचित्र बिकास बोर्डलाई सम्झौता कार्यान्वयन गर्न आदेश दिएपछि बोर्डले यस्तो कदम चालेको हो ।

चलचित्र बिकास बोर्डले हललाई 'हिम्मतवाली' रिलिज नगर्न आदेश दिएपछि भोली काठमाण्डौका कुनैपनि हलमा रेखा थापा अभिनित तथा निर्देशित यो फिल्म रिलिज हुनेछैन । यदि कुनै हलले रिलिज गरेको खण्डमा कानुन अनुसारको कार्वाही हुने बोर्डले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिर भने यो फिल्म भोली बुधवार नै लाग्नेछ । बोर्डले काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालय तथा डिजिटल सिनेमा नेपाल र क्यूब सर्भर गोपीकृष्ण मुभिज प्रालीलाई समेत बोधार्थ पत्र पठाएको छ ।
यता गत आईतवार बसेको निर्माता संघको कार्यसमिती बैठकले पनि शुक्रबारबाहेक अन्य दिन कथामाण्डौमा फिल्म रिलिज गर्न नपाईने निर्णय गरेको थियो । आफ्नो निर्णयलाई लिएर निर्माता संघले 'हिम्मतवाली' रिलिज गर्न नदिन पहल गरेको बुझिएको छ ।
सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले भोली बुधवारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हिम्मतवाली' रिलिज नगर्न काठमाण्डौका हलहरूलाई पत्राचार गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf