भदौ १५ – काठमाडौं, भोजपुर जिल्ला घर भई हाल धोबिघाट ललितपुर बस्ने वर्ष २७ कि प्रमिला राईले ब्लेडको प्रयोग गरि बायाँ नाडी काटेर आत्महत्या प्रयास गरेकी हुन् । विवाहको आश्वासन दिएका प्रेमीले पहिले नै घरजम बसाइसकेको खबर सहन नसकी उनले आइतबार आत्महत्या प्रयास गरेकी छिन् ।
विवाह गर्ने आश्वासन दिएका प्रेमी राम राईसँग उनी विगत चार महिनादेखि सँगै बस्दै आएकी छिन् । प्रेमी रामले नै उनलाई मेघा हस्पिटलसम्म ल्याएका हुन् जहाँ उनको उपचार भइरहेको छ । उनको घाउमा सातवटा टाँका लगाएको मेघा हस्पिटलले जनाकारी दिएको छ ।
घटनाको सत्यतथ्य छानबिनका लागि पुलिसले राम राईलाई पक्राउ गरेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !