Headlines News :
Home » » अर्को सेक्सुअल फिल्म 3XXX बन्ने

अर्को सेक्सुअल फिल्म 3XXX बन्ने

Written By Unknown on Sunday, 12 January 2014 | 16:13

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
पछिल्लो समयमा बनेका सेक्सुअल फिल्मले नेपाली फिल्म र समाजलाई सहि दिशा तर्फ भन्ने कुराको अहिले बहसको बिषय पनि बनेको छ । एटिएम काण्ड सेलाउन नपाउँदै अर्को त्यस्तै सेक्सको कथामा फिल्म बन्दैछ जसको नाम राखिएको छ थ्री ट्रिपल एक्स अर्थात '3 XXX' । ट्रिपल एक्स अर्थात निलो फिल्मले नेपाली समाजमा पारेको नकारात्मक असरको बिषयलाई उठान गरेर निर्माण गर्न लागिएको सो फिल्मको शनिबार राजधानीमा मुहुर्त गरियो । राज बस्न्यातले निर्माण तथा निर्देशन गर्ने सो फिल्म सेक्सको बिषयमा बन्न लागेको भए पनि त्यसलाई कलात्मक ढंगले प्रस्तुत गरिने बताईएको छ ।

मुहुर्त समारोहमा फिल्मीखबरसँग कुरा गर्दै निर्देशक बस्न्यातले भने, 'हामीले सेक्सको बिषयलाई उठाएका छौं तर सेक्सलाई नै बेचेरे छाडा फिल्म भने बनाउन लागेका हैनौं ।' नामको पछाडी नलागी काम हेरेर मात्र यो बिषयमा कमेन्ट गर्न निर्देशकले फिल्म प्रेमीहरूलाई आग्रह गरे । यसअघि बेस्यावृत्तीको कथामा तडप र ड्रग्सको कथामा फ्युचर निर्देशन गरेका बस्न्यातले यो फिल्म पनि सामाजिक बिषयको हुने र सबैले हेर्न मिल्ने खालको हुने बताए ।

माता कृष्णमाया स्मृती फिल्म्सको व्यानरमा बन्न लागेको सो फिल्ममा बिजय बिष्ट, सुरेश केसी, मोनिका बस्न्यात, संगीता मैनाली, रवि गिरी लगायतले अभिनय गर्नेछन् । जन्म राई र उत्तम बिष्टको संगीत रहने सो फिल्मको कथा निर्देशक स्वयंले नै लेखेका हुन् भने छायाँकन देबेन्द्र गिरीले गर्दैछन् । फिल्मको सुटिङ असारको दोस्रो साता सम्ममा शुरू गरिने बताईएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf